Friday, January 8, 2016

पाकिस्तानमा हवाई आक्रमणमा ३८ आतङ्ककारी मारिए

pakistan_map_kohatइस्लामाबाद, २४ पुस । पाकिस्तानको उत्तरपश्चिम आदिवासी क्षेत्र उत्तरी वाजिरिस्तानमा पाकिस्तानी सैनिकले गरेको हवाई आक्रमणमा कम्तीमा ३८ आतङ्ककारी मारिएका छन् ।

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको उत्तरी वाजिरिस्तानको सावाल र दत्ता खेल इलाकामा आतङ्ककारी लुकेर बसेको पाँच वटा इलाकामा पाकिस्तानी सैनिकले गरेको कारबाहीमा ती ३८ आतङ्ककारी मारिएका हुन् । स्थानीय टेलिभिजन च्यानल उर्दुले सो जानकारी दिएको छ ।

सन् २०१४ को जुन १५ बाट उत्तरी वाजिरिस्तानमा आतङ्ककारीविरुद्ध पाकिस्तानी सैनिकले जारी राखेको कारबाहीको क्रममा हालसम्म ३ हजार ४ सय आतङ्ककारी मारिएका सैनिकको दावी रहेको छ ।

त्यसैगरी सो हवाई आक्रमणहरुको दौरान ८३७ वटा आतङ्ककारी लुकेर बसेको बासस्थान ध्वस्त भएको बताइएको छ ।

मारिएका आतङ्ककारीहरुको परिचय भने नखुलेको तर सो इलाकामा ‘तेहरिक तालिवान पाकिस्तान’ को बलियो प्रभाव रहेको हुनाले मारिएका आतङ्ककारी पनि सोही समूहको भएको विश्वास गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...