Wednesday, January 6, 2016

धान उत्पादनमा वृद्धि

भद्रपुर, २२ पुस । झापामा यसवर्ष वर्षे धानबालीको उत्पादनमा वृद्धि भएको छ ।

गत वर्ष ८३ हजार २०० हेक्टर जग्गामा भएको धानखेतीबाट तीन लाख ४१ हजार ५४० मेट्रिक टन धान फलेको थियो भने यसवर्ष ८३ हजार हेक्टर जग्गामा तीन लाख ५७ हजार ४५५ मेट्रिक टन धान उत्पादन भएको छ ।

कार्यालयका योजना प्रमुख शित्तल भट्टराईका अनुसार गतवर्ष प्रति हेक्टर ४.११ मेट्रिक टन धान उत्पादन भएको थियो भने योवर्ष ४.३१ मेट्रिक टन उत्पादन भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...