Saturday, January 30, 2016

एउटै बाख्राले जन्मायो छवटा पाठापाठी

रत्ननगर (चितवन), १६ माघ । चितवनको भरतपुरमा एउटा बाख्राले स्थानीयलाई आश्चर्यमा पार्दै छवटा पाठापाठी जन्माएको छ । तीनवटासम्म पाठा जन्माएको कहिलेकाहीँ सुनिने भएपनि छवटा जन्माएको भने दुर्लभ मानिन्छ ।

भरतपुरस्थित कृष्णपुरका किसान आनन्द अधिकारीले पालेको बाख्राले छवटा पाठापाठी जन्माएको हो । चारवटा पाठा र दुईवटा पाठी जन्माएको किसान आनन्द अधिकारीले जानकारी दिनुभयो ।

यसअघि पहिलो बेतमा तीनवटा, दोस्रोमा दुईवटा र तेस्रो बेतमा चारवटा पाठापाठी जन्माएको बाख्राले योपटक छवटा जन्माएपछि गाउँमा बाख्रा हेर्नेको भिड लागेको अधिकारीले बताउनुभयो । आज मध्याह्न १२ बजे पाठापाठी जन्माएपछि दिनभर नै हेर्नका लागि स्थानीयको भिड देखिएको थियो ।

चारवटासम्म बाख्राले जन्माउने गरेपनि पाँचवटा भने आश्चर्यमै पर्ने घटना हुने पशु विकास कार्यालयले जनाएको छ । अधिकारीले जन्मिएका पाठापाठी र बाख्रो स्वस्थ रहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...