Saturday, January 9, 2016

युवाका लागि हाउस वायरिङ तालिम

दाङ, २६ पुस । युवाका लागि सातदिने हाउस वायरिङ तालिम दाङको लक्ष्मीपुरमा सम्पन्न भएको छ ।

गाविसस्तरीय युवा सञ्जाल लक्ष्मीपुरको आयोजना तथा गाविसको सहयोगमा भएको तालिममा गाविसका प्रत्येक वडाबाट प्रतिनिधित्व गर्ने युवाको सहभागिता रहेको छ ।

गत १९ गतेदेखि सञ्चालन भएको तालिमको शनिबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।

स्थानीय निकायबाट युवाका लागि निर्धारण गरिएको कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी हुन पाउँदा खुसीसँगै जिम्मेवारी बोध भएको भन्दै सीपलाई व्यवहारमा उतार्ने बताएका थिए । कार्यक्रममा प्रशिक्षक खुशल पोख्रेल, सहभागी अञ्जु नेपालीलगायतले बोल्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...