Sunday, January 3, 2016

४०औं राष्ट्रियता मेलमिलाप दिवस तथा नव बर्षका २०१६ उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

DSC_0091

जनवरी ३, २०१६
कोलोराडो

४० औं राष्ट्रिय मेलमिलाप दिवस तथा नयां वर्ष सन् २०१६ को उपलक्ष्यमा कोलोराडोमा एक समारोह बिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाली जन सम्पर्क समिती कोलोराडो च्याप्टरको आयोजनामा सम्पन्न कार्यक्रमा कोलोराडोमा कृयाशिल संघ संस्था प्रतिनीधी, गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।

DSC_0125
४० औं राष्ट्रिय मेलमिलाप दिवस तथा नयां वर्ष सन् २०१६ को उपलक्ष्यमा कार्यक्रममा उपस्थित अधिकांस वक्ताहरुले देश विदेशमा रहेका सबै नेपालीहरुलाई शुभकामाना दिंदै मातृभुमी नेपालमा रहेका राजनैतिक दलका नेताहरुको सद्बुद्धि पलाओस भन्ने कामना गरे ।
उनीहरुले भुकम्पले बनाएको घाउमा खाटा बस्न नपाउदै मधेस आन्दोलन र भारतीय नाकावन्दीले घाउमा नुन चुक लगाउने काम गरेको बताए । भारतले अनावश्यक दुःख दिएको भन्दै यसमा नेपाली नेताहरु पनि त्यत्तीकै जिम्मेवार रहेको धारण व्यक्त गरे । वक्ताहरुले राष्ट्रियता ओझेलमा परेको वर्तमान अवस्थामा महा मानव विपीले २०३३ सालमा अधिसारेका राष्ट्रिय मेल मिलापको निती अहिले पनि त्यत्तीकै सान्दर्भिक रहेको औल्याएका थिए । नेपालको अवस्था अहिले ज्यादै कहाली लाग्दो जाडोको कारण मानीसहरुको अकालमा ज्यान जान थालेको बताउदै उनीहरुले सन् २०१६ को सुरुआत संगै यो समस्याको चाडैनै अन्त्य हुने आशा व्यक्त गरे ।

DSC_0096
यसरी शुभकामना मन्तव्य दिने अतिथीहरुमा नेपाली जन संम्पर्क अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, सल्लाहकार द्धय बुद्धी लामीछाने, पुरुषोत्तम पाण्डे, पुर्व केन्द्रिय सदस्य जगन्नाथ गौतम, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेव खनाल, नेवा खलका अध्यक्ष एवं कोलोराडो च्याप्टरका उपाध्यक्ष प्रेम काजी श्रेष्ठ, र सदस्य लालकुमार रेग्मी लगायतका रहेका थिए ।

DSC_0101
ज्ञात अज्ञात सहिदहरुको संझनामा एक मिनेट मौन धारण पछि विपीको फोटोमा माल्यार्पण गर्दै सुरु भएको कार्यक्रममा च्याप्टरका उपाध्यक्ष निरा गौतमले अतिथीहरुलाई स्वागत गरेकी थिईन भने माहसचिव ज्ञानेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा केहि वक्ताहरुले निकट भविश्यमा हुनलागेको नेपाली काग्रेसको माहाधिवेसमा अमेरिकाबाट भागलिन जाने प्रतिनीधीहरु नेताको पछि नलागी अमेरीका च्याप्टरको साझा धारणा बनाई अघिबढ्नु पर्ने सल्लाह दिएका थिए । उनीहरुले नेतृत्व वर्गले सहिबाटो पहिल्याउन नसक्दा मातृभुमी नेपालमा यो दुर्गति भएको भन्दै नयां पुस्ताको हातमा पार्टि नेतृत्व सुम्पन आगामी माहाधिवेसन सफल रहने आसा व्यक्त गरे ।

DSC_0113
कार्यक्रम नेपाली जन सम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभापतीको आसन बाट कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै भण्डारीले महा मानव विपीको प्रति श्रद्धा सुमन अर्पण गर्न तथा नेपालका राजनैतिक नेतृत्व वर्गलाई उहाले अघिसार्नु भएको राष्ट्रिय मेल मिलापको नितीको स्मरण गराउनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए । कार्यक्रमको अन्यमा सबै सहभागीहरुले एक आपसमा नयां वर्ष सन् २०१६ को उपलक्षमा शुभकामना आदान प्रदान गर्दै मातृ भुमीको बर्तमान जटिल अवस्थाको चाडै अन्यहुने र सबै नेपाली दाजु भाई ,दिदी बहिनीको उन्नती प्रगती हुने आशा गरेका थिए ।

DSC_0106

DSC_0091 DSC_0096 DSC_0113 DSC_0115 DSC_0117 DSC_0125 DSC_0101 DSC_0106

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...