Wednesday, January 6, 2016

एक महिनामा दश भगुवा कैदी समातिए

मेलम्ची, २२ पुस । वैशाख १२ को भूकम्पका बेला सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये मङ्सिरसम्म ८६ जनामात्र सम्र्पकमा आएका छन् ।

पछिल्लो एक महिनामा थप १० जना कैदीलाई प्रहरीले पक्राउ गरी जिल्ला कारागार सिन्धुपाल्चोकमा बुझाएको कारागारका प्रमुख बलराम हाछेँथुले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका कैदी सिन्धुपाल्चोक जिल्ला ठोकर्पा–३ का बलबहादुर पहरीलगायत १० जना पुरुष रहेकासमेत हाछेँथुले दिनुभयो ।

भागेका कैदीबन्दीमा १९६ जना पुरुष र २० जना महिला रहेका छन् । कारागारका प्रमुख बलराम हाछेँथुले जानकारी दिनुभयो । अझै १३० कैदीबन्दी फरार छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...