Sunday, January 31, 2016

डिसीमा सगुनको बिश्वब्यापी समुह गठन

डेढ बर्ष अगाडी अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित सामाजिक संजाल सगुनले आज अमेरिकाको डिसी महानगर क्षेत्रमा सगुनलाई अझ बिस्तार तथा व्यापक बनाउने उदेस्यले एक भेलाको आयोजना गरि कोष वृद्धि कार्यक्रमको साथै बिश्वब्यापी समुह गठन गरेको छ l

यस समूहले विश्वब्यापी रुपमा र प्रतिष्पर्धामा लैजाने जानकारी संस्थाका सह संस्थापक कबिन सिटौलाले बताए l सगुन नेपालीको पहिचान हो l यसले बिश्व ब्यापी रुपमा नेपालीलाई चिनाउने भएको छ l कार्यक्रममा हे आमा नेपाल तिमिलाई संसारकि राम्री बनाउला बोलको राष्ट्रियताले ओतप्रेत भएको गित सुनाईएको थियो l

यसै गरि सह संस्थापक कबिन सिटौलाले सगुनको छोटो परिचय गराउदै संस्थापक गोविन्द गिरिले सगुनलाई कसरि अस्तित्वमा ल्याएको बारेमा प्रकाश पारेका थिए l उपस्थित भएका केहि लगानीकर्ताहरुले किन सगुनमा लगानी गरेको बारेमा विचार राखेका थिए l

लगानीकर्ताले संस्थापकले सगुनको धारणा र लक्ष्य बारेमा उत्प्रेरणा गरेकोले सगुनमा लगानी गरेको बारेमा चर्चा उपचर्चा गरेका थिए l लगानी गर्दा जोखिम पनि उठाउनु पर्ने र अब सगुन सहि मार्गमा हिडदै गरेको बारेमा समेत लगानी कर्ताले आफ्नो विचार राखेका थिए l यसै गरि सह संस्थापक कबिन सिटौलाले कसरि लगानी कर्ताहरुले लगानी गरेको बारेमा कथा सुनाएका थिए l

लगानिकर्ता मध्ये कै डा खेम शर्माले यस्तो अवसर सितिमिति रुपमा नआउने भएकोले सगुनमा लगानी गर्न उत्प्रेरणा गरेका थिए l म नेपाल र नेपालीलाई सहयोग गरेको भन्ने समेत लगानी गरेको चर्चा भएको थियो l सगुनमा लगानीकर्ता रहेका संचारकर्मी राम चन्द्र खरेलले सगुनमा लगानी गर्न शंका तथा उपशंका नगर्न आग्रह समेत गर्दै आफुले कसरि लगानी गरेको बारेमा चाख लाग्दो कथा सुनाएका थिए l

कसरि सगुनलाई विश्व ब्यापी रुपमा लैजाने बारेमा भावी योजना संस्थापक गोविन्द गिरिले बताएका थिए l सगुनले भूकम्प पिडितलाई सहयोग गरेको श्रब्य दृश्य समेत देखाईएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...