Friday, January 1, 2016

फ्रान्समा नेपाली टोपी दिवस 

france 3

 “नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित तेश्रो अन्तराष्टिय नेपाली टोपी दिवसलाई पछ्याउदै फ्रान्समा रहेका नेपाली समुदायले पनि टोपी दिवस मनाएका छन् l

फ्रान्सको राजधानी पेरिसमा अवस्थित ईफ़ेल टावरमा एकत्रित भै नेपाली टोपी सहित पुगेका नेपालीले छोटो समयमा जारी गरिएको सुचना भए पनि आगामी दिनमा टोपी दिवसलाई व्यवस्थित रुपमा गर्नु पर्ने महसुस गरिएको गैर आवसियं नेपाली संघ फ्रान्सका पुर्व अध्यक्ष निर्मल अर्यालले बताए l

france 2

उक्त टोपी दिवसमा नेपाली राजदुताबास पेरिसका नियोग उप प्रमुख रामबाबु ढकाल ,समाज सेवी तथा साहित्यकार हरिहर अर्यालको पहलमा बिभिन्न रंगका नेपाली टोपी लगाएर आएका थिए l भेलामा तमु समाज फ्रान्सका अध्यक्ष ,नारायण गुरुङ ,एनआर एन का पुर्व अध्यक्ष घनश्याम पौडेल ,किरण केसी ,हरि सापकोटा तथा नेपालीहरुको उपस्थिति रहेको थियो l

बिदेशी माटोमा पनि नेपालीपनको संरक्षण तथा प्रबर्धन गर्ने ,बिदेशमा छरिएर रहेका नेपाली समुदायलाई राष्ट्रियता जगाउने र नेपालीलाई बिश्वमा चिनाउने गर्ने काम नेपाली टोपीले पनि गर्ने भएकोले यस्ता कार्यक्रम अपरिहार्य हुने भएकोले भेलामा सहभागी हुन् आएको अर्यालले बताए l

france 1

विश्व भर सामाजिक संजाल अनुहार किताब मार्फत जताततै प्रचार भएता पनि घर भित्र मात्र यसलाई सिमित राख्नु हुदैन भन्ने ठहर गर्दै बाहिर गएर नेपालको पनि प्रबर्धन समेत गरेका छन् l नेपाली टोपी देखेर र नेपाली झन्डा बोकेर शुभकामना आदान प्रदान गरिएको बेलामा पर्यटक हरु झुमियेका थिए भने उनीहरुलाई पनि नेपाली टोपी उपहार स्वरुप दिइएको छ l

कार्यक्रममा युवाहरु मात्रै होईन बालबालिकादेखि महिलाहरु समेत सहभागिता थियो l नेपाली टोपी दिवसका अभियन्ता जनार्जन पौडेलले राष्टियता संकटमा पर्न थालेको अवस्था देखिएको र नेपालीपन झल्किने नेपाली पोशाकको जगेर्नामा जनचेतना फैलाउन उनले गत ३ बर्ष देखि सुरु गरिएको एक अभियान हो l

france 4

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...