Saturday, January 9, 2016

नेपाली घरमा दुई उपाध्यक्ष सहित टिम विस्तार

DSC_0195

जनवरी ८, २०१६
कोलोराडो, अमेरीका
कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरमा दुई उपाध्यक्ष थप गरि जिम्बेवारी हेरफेर र टिम विस्तार गरिएको छ ।

DSC_0190
संस्थाको हालै संम्पन्न कार्य समितीको बैठकले संस्थाको विधान अनुुसार बोर्ड सदस्य लिलानाथ ढुङ्गाना र कम्युनीकेसन अफिसर नातिबाबु भट्टलाई उपाध्यक्षको जिम्मेवारी सुम्पेको हो । त्यसैगरी पत्रकार विजय घिमीरेलाई कम्युनीकेसन अफिसरको जिम्मा दिईएको छ । सोही बैठकले ११ जना बोर्ड सदस्य मनोनयन गरि २९ जनाको टिम बनाएको छ ।

DSC_0187
संस्थ्ाँको विधान अनुसार मनोनित हुने बोर्ड सदस्यहरुमा पुष्पा गुरmङ, अर्जुन के सी, नवराज मरासैनी, दिलीप घिमीरे, उत्तम राई, रिपेन्द्र कार्कि, कपिलदेव सुवेदी, दुर्गा कोईराला, प्रेम रेग्मी, फणेन्द्र दाहाल र उपेन्द्र रिजाल रहेका छन् । संस्थाको केही महिना अघि सम्पन्न पाचौं साधारण सभाबाट तिन उपाध्यक्ष सहित पदाधिकारी र बोर्ड सदस्य संख्या ३१ सम्मको बनाउने व्यावस्था भए अनुसार यसरी मनोनयन तथा कार्य बिभाजन गरिएको हो । संस्थामा अझै एक उपाध्यक्ष सहित २ पद खालि रहेको र उक्त रिक्त स्थान पनि चाडै परिपुर्ति गरिने अध्यक्ष योगराज गौतमले बताएका छन् ।

DSC_0158
त्यसैगरी नयां पदाधिकारी र बोर्ड सदस्यलाई स्वागत गर्ने उद्धेश्यले सुक्रबार सांझ बु्रमफिल्डमा सम्पन्न बैठकमा महा सचिव लछुमण रानाले नयां सदस्य तथा पदाधिकारीहरुलाई स्वागत गर्नुको साथै एक आपसमा परिचय गराएका थिए । सोही अवसरमा सल्लाहकार पुरुषोत्तम पाण्डे, अध्यक्ष योगराज गौतम, र स्पेसल कमिटीका संयोजक डा. सुदिप प्याकुरेलले सबैलाई स्वागत गर्दै, संस्थाको उद्धेश्य तथा आगामी रणनितीको बारेमा छलफल चलाएका थिए । सोही बैठकमा कोषाध्यक्ष जगदिशचन्द्र ढकाले संस्थाको आर्थिक गतिविधी बारे प्रकाश पारेका थिए ।
बैठकमा संस्थाले नेपाली घर निर्माण गर्न भनी देउसी भैलो खेली जन समुदायबाट जम्मा गरेको रकम संस्थाको खातामा सुरक्षित रहेको, कार्यक्रम गर्दा लाग्ने हलभाडा तथा स्टेसनरी बाहेक अन्य शिर्षकमा खर्च नगरिएको जानाकारी गराईएको थियो । संस्थाको बैठक तथा अन्य कार्यक्रममा लाग्ने खाना चिया तथा अन्य खर्च तत्कालै सहभागीहरुबाट संकलन गरि तिर्ने गरिएको बताईएको थियो ।

DSC_0143
नेपालीहरुको भाषा, संस्कृती, रहन सहन भेष भुषाको संरक्षणार्थ एक नेपाली घर निर्माण गर्न अघि बढिरहेको यस संस्थाले सबै संघ संस्था तथा समुदायहरु संग हातेमालो गर्दै अगाडी बढ्ने, स्थानीय श्रोत र साधन पहिचाहन तथा परिचालन गर्ने, र मार्च २६ तारिका दिन ब्राईटन मन्दिरमा होलीको कार्यक्रम गर्ने जस्ता विविध निर्णयहरु गरेको छ ।

DSC_0131

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...