Friday, January 8, 2016

महिला साहित्य सम्मेलनका लागि समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मार्च ४ देखि ६ सम्म अष्ट्रेलियाको सिड्नीमा आयोजना गर्ने दोश्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनका लागि बिभिन्न समितिहरू गठन गरेको छ | समाजको हालै बसेको बैठकले अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन गरेको छ | उक्त समितिका सदस्यहरूमा केन्द्रीय बरिष्ट उपाध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा, केन्द्रीय महासचिब गोबर्धन पूजा, अस्ट्रेलिया च्याप्टर अध्यक्ष महेन्द्र पौडेल, अस्ट्रेलिया च्याप्टर , उपाध्यक्ष सानु घिमिरे रहेका छन् |
यसैगरि समाजले सम्मेलनका सल्लाहकारहरुमा इन्द्रावन, गीता खत्री, दिपक खड्का , भवानी ओली, मन केसी, शेष घले, डा. श्याम कार्की, सुरेन्द्र सिग्देल र होमनाथ सुबेदीलाई चयन गरेको छ |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...