Friday, January 8, 2016

परिणाम दिने गरी विशेष काम हुँदैछ: प्रम

kp-oli1काठमाडौँ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई परिणाम दिनेगरी सरकारले चाँडै विशेष काम गर्न लागेको बताउनुभएको छ ।

नयाँ संविधानको कार्यान्वयनबारे प्रशिक्षण र राष्ट्रिय एकता सुदृढीकरणसम्बन्धी नेकपा(एमाले)को तीनमहिने अभियानअन्तर्गत आज यहाँ आयोजित काठमाडौँ उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारले चाँडै परिणाम दिने गरी केही महत्वपूर्ण काम गर्ने उद्घोष गर्नुभएको हो ।

उहाँले काठमाडौँ उपत्यकामा ग्यासका सिलिन्न्डर विस्थापित गर्न घर घरमा पाइपलाइनबाट ग्यास उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै विद्युतीय सवारी साधनलाई प्राथमिकता दिन सरकारले आवश्वक काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले स्थायी समितिका सदस्य तथा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानका अन्तर्वस्तुबारे प्रशिक्षण दिँदै नेपालको संविधान समावेशी र वैज्ञानिक भएको धारणा राख्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...