Tuesday, January 26, 2016

मत्स्य उत्पादन कार्यक्रम

भद्रपुर, १२ माघ । बृहतर धान तथा विशेष मत्स्य उत्पादन कार्यक्रम र भूकम्प प्रभावित जिल्लाका लागि कृषि यान्त्रिकीकरण अनुदान कार्यक्रम सञ्चालन हुने भएको छ ।

यो कार्यक्रम पूर्वाञ्चलका झापा, मोरङ र सुनसरी जिल्लामा मात्र लागू हुने भएको हो । कृषि यान्त्रिकीकरणको माध्यमबाट धानबाली र मत्स्य उत्पादन, उत्पादकत्व अभिवृद्धि, क्षेत्र विस्तार तथा व्यवसायिक एवम् प्रतिस्पर्धी बनाइ खाद्य तथा पोषण सुरक्षाको साथै स्वरोजगारको अवसर सिर्जना गरी जनशक्तिलाई आकर्षण गर्न यो कार्यक्रम गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो ।

यो कार्यक्रम लागू भएपछि कृषकले कृषि यान्त्रिकीकरण खरिद गर्न ५० प्रतिशत अनुदान पाउने व्यवस्था छ । परम्पारगत खेती प्रणालीले खेतीको लागत बढाउने र उत्पादन एवम् उत्पादकत्व दुवै घट्ने अवस्थामा खाद्यान्नमा नेपालको परनिर्भरता बढ्न थालेपछि सरकारले यो नीति ल्याएको हो ।

कृषकले आफूलाई आवश्यक पर्ने ट्र्याक्टर, धान काट्ने र रोप्ने मेसिन र धान दाउन्नी गर्ने जस्ता अत्याधुनिक मेसिन ५० प्रतिशत लागतमा खरिद गर्न पाउने अवसर अब झापाका सयौँ कृषक परिवारले यसै आवदेखि प्राप्त गर्ने भएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...