Tuesday, January 26, 2016

‘टी..लभ’को छायाङ्कन सकियो

12606722_1746826452196068_1186293747_nनेपाली कथानक चलचित्र ‘टी…लभ’को छायाङ्गकन सकिएको छ । युवा पुस्तामा देखिएको माया, प्रेमलाई त्रिकोणात्मक कथा वस्तुमा देखाइएको यस चलचित्रलाई सुमन मोतेले निर्देशन गरेका छन् । मिलन–विछोड, हाँसो–रोदन, एक्सन–कमेडी लगायत सबै खालको चटपटे सिन भएकाले चलचित्र राम्रो बनेको निर्देशक मोतेले बताए । उनले निर्देशन गरेको यो तेस्रो चलचित्र हो । यस अघि उनले चलचित्र सति र भविष्यको पनि निर्देशन गरिसकेका छन् ।

देब राईको लगानीमा निर्माण गरिएको चलचित्रमा सुगम नेम्वाङ र सन्देश मोते नायकको भुमिकामा छन् । नायिकाको भुमिकामा पुनम भण्डारी छिन् । चलचित्रमा पुष्प भुजेल, सोनु मेचे, पुजा लिम्बु, योगिन कँडेल, शिव मेचे, बिरेन्द्र तिवारी, मौषम भट्टराई ‘भान्जा’ लगायतको अभिनय रहेको छ । चलचित्र टी…लभका गीतलाई असोक थापाले सङ्गीत गरेका छन् । गीतमा गायक हेमन राईको स्वर सुन्न पाईन्छ । झापा, इलामका विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको चलचित्रलाई विक्रम डिसीले खिचेका हुन् ।                                                                                                                  – रमेश तिवारी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...