Thursday, January 28, 2016

अमेरिकाबाट राजदुत ड़ा० अर्जुन कार्कीको पहलमा पठाईएको ५० टन भुकम्प राहत नेपाल पुग्यो

12507301_762044740605883_6167946707523110756_n
अमेरिकाका लागी नेपाली राजदुत ड़ा० अर्जुन कुमार कार्कीको प्रयासमा भुकम्प पिडितलाई पठाईएको ५० टन राहतको सामाग्री नेपाल पुगेको छ l 
 
त्रिपालमा बसेका भुकम्प पिडित नेपाली फेरी हिमपातको जाडोको मारमा परेकाले,जाडोमा लगाऊने न्यानो लुगा र कम्मल अमेरिका देखी पठाईएको हो l पचास टन न्यानो लुगा र कम्मल बोकेर अमेरिका देखी नै चार्टर जहाज नेपाल पुगेको हो l ५० टन राहतका सामाग्री बोकेको चार्टर जहाजलाई राजदुत ड़ा० कार्कीले गत: हप्ता अमेरिकाको नर्थ क्यारोलिनाको  डग्लस् अन्तरास्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए l 
 
अमेरिका देखी गएको चार्टर जहाज नेपालको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा पुगेपछी काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरले राहतका सामाग्री सगरमाथाको तल हेलम्बु पुर्यायो l सेतो हिउँले पुरिएका गाउँहरु मध्येको अति गरिब बस्ती यार्षा गाउँका भुकम्प पिडित हजारौ नेपालीलाई अमेरिकाको कम्मल, ज्याकेट, जुत्ता, मोजा, ऊनको टोपी,पन्जा / ग्लोब र जाडोमा लगाऊने अन्य न्यानो लुगाहरु भएको एक एक बोरा लुगा सबैलाई वितरण गरियो l 
हेलिकप्टर ऊत्रनु अघि देखी नै हजारौ भुकम्प पिडित लामबद्ध भएर बसेका थिए र  सबैले एक एक बोरा लुगा पाएपछी – निलो रङको स्लिपिङ्ग ब्याग जस्तै पछाडी बोक्न मिल्ने बनाईएको राहतका बोरा बोकेर खुशी हुँदै हजारौं नेपालीहरु हेलीकप्टर बसेको डाँडाबाट आ-आफ्नो घर (त्रिपाल)  तर्फ लागेका थिए l 
 
Inline image 2
 
हिमपातले दुख: पाएका भुकम्प पिडित नेपालीलाई न्यानो लुगा वितरण गर्न अमेरिका देखी नै राहतको सामाग्री बोकेर गएका अमेरिकन गोराहरूलाई प्रिती घिमिरे नाम गरेका नेपाली महिलाले अमेरिकनहरुले बोलेको अंग्रेजीलाई नेपाली भाषामा र नेपालीले बोलेको नेपालीलाई  गोराहरुलाई अंग्रेजीमा अनुबाद गर्ने गरेकी थिईन् l 
 
Inline image 3
यसरी, राहतको सामाग्री नेपाल पठाऊने सहयोगी संस्था थियो अमेरिकाको नर्थ क्यारोलिना  हेड क्वार्टर भएको अन्तरास्ट्रिय च्यारिटी संस्था सामारीटन्स पर्स l 
संसारभरी आपत बिपत पर्दा १०० भन्दा बढी मुलुकमा यस्तो मानबिय सहयोग गरिसकेको  दयालु संस्था सामारीटन्स पर्स का प्रेसिडेन्ट फ्र्यांकलिन ग्य्राहम र अमेरिकाका लागी महामहिम  नेपाली राजदुत ड़ा० अर्जुन कुमार कार्की दुवै जनालाई अमेरिकाबासी नेपालीहरुको तर्फबाट ईनेप्लिज डट कम परिवार हार्दिक आभार व्यक्त गर्दछ l       
 
 
  Inline image 4
 
Inline image 5
 
Inline image 6
 
 
    

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...