Friday, January 1, 2016

ईनेप्लिज चौथो बर्षमा

naya

अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित अङ्किय पत्रिका ईनेप्लिज चौथो बर्षमा प्रवेश गएको जानकारी पाउदा हर्ष लागेको छ l आज मिति जनवरी १ ,२०१६ मा हामी ३ बर्ष पुरा गरि चौथो बर्षमा टेकेका छौ l पछिल्ला तीन वर्षमा ईनेप्लिजलाई पृष्ठ पोषण ,सल्लाह ,सुझाब सुझाब तथा माया गर्ने सम्पूर्ण शुभ चिन्तक ,पाठक ,सहयोगी ,लेखक तथा बिबिध बिषयमा सामग्री उपलब्ध गरि दिनु हुने सबैलाई धन्यबाद नदिई रहन सक्दैनौ l

हामीलाई बिज्ञापन उपलब्ध गराई सहयोग गर्ने बिज्ञापन दाता ,स्वबिबेकले स्वस्फूर्त रुपमा दान प्रदान गर्ने दानवीर र ज्ञान गुणका रचना उपलब्ध गराउनु हुने ज्ञान बिरहरुमा प्रति हामी आभारी छौ l

समाचार प्रति हामी गम्भीर छौ l राम्रो समाचार पाठकलाई बाँड्ने हाम्रो मुख्य ध्येय रहने छ l निस्पक्ष ,सत्य ,तथ्य ,निर्भिक एवम् जिम्मेदार पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै जाने हाम्रो प्रतिबद्धता प्रतिबद्धता रहने छ l

यसको साथै मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विभिन्न क्षेत्रका समाचारलाई ईनेप्लिजमा समेटिने र समाचारको दायरा लाई अझ फराकिलो बनाउदै लैजाने लक्ष्य रहेको छ l

हामीले अपेक्षा गरेको भन्दा पनि पाठकले हामीलाई मन पराई दिनु भएकोमा सलाम गर्न चाहन्छौ l अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालनमा आएकोले यस पत्रिका स्थानीय क्षेत्रका बिबिध गतिबिधिका सबै कार्यक्रमलाई उच्च प्राथमिकता दिने हाम्रो चाहना छ l

बिश्व भर यत्र तत्र छरिएर रहेका नेपाली समुदायको माझ पुग्न सफल भएता पनि अझ हामी सदैब साथमा हुने छौ l हामी कसैको झोला बोक्दैनौ l कसैको भजन गाउदैनौ l यो हाम्रो स्पष्ट अभिव्यक्ति हो l हामी सबैको सांझा हुन् मन पराउने प्रवृतिमा विश्वास गर्ने छौ l

पाठकहरूका प्रतिक्रिया , पृष्ठपोषण ,सल्लाह ,सुझाब तथा सुझाब हाम्रा मार्गदर्शन हुने छन् l आगामी दिनमा हामी तिखारिदै जाने र अझ परिष्कृत हुने हाम्रो यो अठोट रहने छ l हामी यहाँ पछ्याइ रहने छौ र हामीलाई पनि पछ्याउँनु हुने छ भन्ने विश्वास गर्दछौ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...