Sunday, January 3, 2016

आलु उत्पादनमा वृद्धि

potatoसुरुङ्गा (झापा), १९ पुस । यस वर्ष जिल्लामा गतवर्षको तुलनामा शून्य दशमलव दुई प्रतिशतले आलुको उत्पादनमा वृद्धि भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार आव २०७१/७२ मा रु ४४ लाख २५ हजार मूल्य बराबरको आलु उत्पादन भएको थियो । खेतीयोग्य जमिनमध्ये जिल्लामा गतवर्ष १४ हजार ७५० हेक्टर क्षेत्रफलमा दुई लाख २१ हजार २५० मेट्रिक टन आलु उत्पादन भएको थियो । कार्यालय सूचना अधिकारी शीतल भट्टराई यस वर्ष जिल्लामा १४ हजार दुईसय हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको बताउनुहन्छ ।

“क्रव कटिङको आधारलाई हेर्दा यस वर्ष उत्पादनमा वृद्धि हुन्छ” उहाँले भन्नुभयो । कार्यालयले तोपगाछी र शान्तिनगरका किसानलाई आलुको बीउ समेत अनुदान दिएको छ । जिल्लामा कुफ्रे ज्योति, कुफ्रे सिन्दुली, टिपिएस, पिपिएस, जनकदेव र लोकल जातका आलुखेती हुने गरेको छ भने महारानी झोडा, लखनपुर, शनिअर्जुन नगरपालिका, चारपाने, दमक, बुधबारेलगायतका क्षेत्रमा आलुखेती बढी हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मेघनाथ तिमल्सिना भण्डारण गर्न समस्या भएका कारण आलुको माग उच्च रहेको बताउनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...