Friday, January 1, 2016

कोसीटप्पुमा आजदेखि खरखडाइ सुरु

koshitappuइनरुवा, १८ पुस । प्रत्यक वर्षझैँ यस वर्षपनि कोसीटप्पु वन्यजन्तु आरक्षमा आजदेखि खरखडाइ सुरु भएको छ ।

प्रत्येक वर्ष खुल्दै आएको खरखडाइ यस वर्ष पनि तीन दिनका लागि खुल्ला गरिएको कोसीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशहा सुनसरीले जनाएको छ ।

सुनसरीको पश्चिम कुशहा, मधुवन, शुक्रबारे, उदयपुरको भागलपुर, सप्तरीको पिपरा, बदगम्मा, कमलपुरलगायत स्थानबाट पुर्जी काटेर प्रवेश दिएको आरक्षले जनाएको छ ।

खर कटानका लागि पुस १५ गतेबाट १७ गतेसम्म पुर्जी दिएको र १८ गतेअर्थात् आजबाट खर काट्न दिएको सूचना आरक्ष प्रशासनले जनाएको छ ।

त्यसैगरी आरक्षले एक महिनापछि अर्ना गणनासमेत गर्ने तयारी भएको बताएको छ । आरक्षमा अर्ना गणना प्रत्येक चार वर्षमा गर्दै आइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...