Friday, January 29, 2016

धुुर्मुसकै अगाडि सुन्तलीले पल शाहलाई आई लभ यु भनेपछि…(भिडियोसहित)

U-19-Cricket

काठमाडौं । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे रिलको मात्र होइनन् रियल लाइफका पनि जोडी हुन् । हाँस्य कलाकारको यो जोडी सामाजिक काममा होस् वा हाँस्य कार्यक्रममा सँगसँगै नै देखिन्छन् । तर, सुन्तलीले क्युट मोडल तथा नायक पल शाहलाई आई लभ यु भनेपछि उनी मख्खै परेका छन् । दिनेश थपलियाको गिती एल्बम सारांश २ मा समावेश भएको आई लभ यु बोलको गीतमा सुन्तली र पल एक साथ देखिएका हुन् । सिन्धुलीको विपी राजमार्ग वरपर खिचिएको उक्त गीतको भिडियोमा सिताराम कट्टेल (धुर्मुस) पनि देखिएका छन् । निकै रमाइलो र रोचक भिडियो बनेको यस गीतमा इन्दिरा जोशी र सरोज ओलीको स्वर छ । बसन्त सापकोटाको संगीत रहेको गीतको कारियोग्राफि कविराज गहतराजले गरेका हुन् । गीतको छाँयाकन सञ्जय लामाले गरेका हुन भने सम्पादन अर्जुन पोख्रेलले गरेका छन् ।
हेर्नुस् भिडियो:

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...