Saturday, January 9, 2016

कनकाईमा मकर मेला लाग्ने

दमक, २६ पुस । झापाको कनकाई नदीमा बर्सेनि लाग्दै आएको मकर मेला यसवर्ष पनि लाग्ने भएको छ ।

यही पुस २८ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा स्वदेश तथा विदेशका गरी लाखौँ तीर्थालुले मेला भर्न आउने मेला आयोजक समितिका अध्यक्ष अर्पण राईले बताउनुभयो ।

कन्काई नदीको पश्चिम क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकार विलसनविक्रम राई (तोक्मे बुढा), दार्जेलिङ्गे कलाकार विशाल थापा, ख्यातिप्राप्त डान्सर सुवास गुरुङ, हास्य कलाकार अर्जुन गिरी, ख्यातिप्राप्त सिक्किमे डान्सर रमिता श्रेष्ठका साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने जनाइएको छ ।

मेलामा आउने तीर्थालु भक्तजन र मनोरञ्जन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नेखाने व्यवस्थाका साथै शान्ति सुरक्षाको पूर्ण व्यवस्था गरिएको आयोजक समितिका संयोजक पङ्कज मैनालीले जानकारी दिनुभयो ।

मेलामा रोटेपिङ, ब्रेक डान्स, नाउ, बुकीबुकी डान्स, ड्रागन रेल सर्कसलगायतका आकर्षण रहने तथा कानुनले निषेध गरिएका मदिराको बिक्री वितरण र खेलहरु पूर्ण प्रतिबन्ध गरिएको आयोजक समितिले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...