Saturday, January 2, 2016

राजनीतिक समिति बनाएर सीमाङ्कन समस्या समाधान: नेता नेपाल

madhav-kumar-nepalपानीट्याङ्की (मोरङ), १८ पुस । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सीमाङ्कनका लागि राजनीतिक समिति बनाएर मधेस समस्याको समाधान गरिने बताउनुभएको छ ।

नेकपा (एमाले)ले आज विराटनगरमा आयोजना गर्ने कोसी अञ्चल कार्यकर्ता भेलामा सहभागी हुन आउनुभएका नेता नेपालले बिहान विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आन्दोलनरत मधेसी मोर्चासहितको राजनीतिक सहमतिमा सीमाङ्कनका लागि समिति निर्माण गरेपछि मधेस समस्या समाधान हुने उल्लेख गर्नु भयो ।
उहाँले आफ्नो देशको समस्या समाधान गर्न कसैको मुख नताक्ने र आफूहरुले नै राजनीतिक सहमति बनाएर समस्या समाधान गर्न लागिपरेको बताउनुभयो । नेता नेपालले नयाँ संविधान जारी भएपछि उत्पन्न भएको मधेस समस्या अब केही दिनभित्रै समाधान हुने दाबी गर्नुभयो ।

नेता नेपालले वर्तमान सरकारले आफ्नो काम प्रक्रियाअनुसार गरिरहे पनि पर्याप्त नभएकाले धेरै काम गरेर थोरै कुरा गर्नु हितकर हुन्छ भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...