Friday, January 8, 2016

विष सेवनबाट महिलाको मृत्यु

poisne-harekpalपाल्पा, २५ पुस । विष सेवनबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ ।

गुल्मी रुरु गाविस–७ की ४१ वर्षीय सपना रसालीको आज बिहान ६ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा तानसेन–४, सिल्खानटोल बस्दै आएकी उनले हिजो ३ बजे विष सेवन गरेको थाहा पाएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी गराएको छ ।

रसालीले कुन विष सेवन गरेको भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...