Sunday, January 31, 2016

नेपाली समाज डेनमार्कले सिन्धुपाल्चोकमा स्कुल निर्माण गर्ने

school-768x444

डेनमार्क । नेपाली समाज डेनमार्कले विनाशकारी भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लामा स्कुल निर्माण गरिदिने भएको छ । समाजले बिभिन्न कार्यक्रममार्फत संकलन गरिएको रकमबाट सिन्धुपाल्चोकमा स्कुल निर्माण गरिदिन लागेको हो । यसका लागि समाजले आफ्ना प्रतिनिधी पठाएर निर्माणस्थलको अवलोकन गरिसकेको अध्यक्ष ईन्द्र सापकोटाले बताए । स्कुल निर्माणको लागि १० देखि १३ लाख सम्म खर्च गरिने उनले बताए । उनका अनुसार निर्माण कार्य आगामी चैत महिनाबाट सुरु हुनेछ । यसैबीच उक्त स्कुल निर्माणका लागि समाजले २०१६ को फेब्रुरी महिनामा सांगीतिक कार्यक्रमको आयोजना समेत गरेको छ । कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुले प्रस्तुतिहरू पस्किने तथा कलाकारहरु मेघ लामा, रेश्मा सुनुवार, भरत सिटौला लगायतको पनि प्रस्तुति रहने कार्यक्रमकी संयोजक माया सुबेदीले बताइन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...