Friday, January 29, 2016

पत्रकार महासंघ बेलायतको अध्यक्षमा नरेश खपाङ्गीबाट उम्मेद्वारी घोषणा ।

image

लण्डन १६ माघ । लण्डनबाट संन्चालन भईरहेको वीनेपाली डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ बेलायतको बरिष्ठ उपाध्यक्ष पत्रकार नरेश खपाङ्गीले पत्रकार महासंघ बेलायत शाखाको यही मार्च ६ तारिख आइतबार हुन लागेको तेश्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।
नेपालको झापा जिल्ला सुरुङ्गा गाविसमा हुर्केका खपाङ्गीले प्रवेशिका परिक्षा लालपानी माध्यमिक विद्यालयबाट २०५३ सालमा पहिलो श्रेणीमा उतिर्ण गरेका थिए । प्रवेशिको नतिजा लगतै खपाङ्गी विश्वविध्यालयको अध्यन् गर्न काठमाण्डौ लागेका थिए । त्रिभुवन विश्वविध्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका उनी स्नातक अध्ययन सक्नासाथ गोर्खापत्र दैनिकमा प्रवेश गरेका थिए ।
विगत १६ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशील उनी गत १३ वर्षदेखि पत्रकार महासंघको सदस्य छन् । बेलायत शाखाको स्थापनाकालमा सदस्यसचिव, महासचिव र हालमा वरिष्ठ उपाध्यक्षका रुपमा हासिल गरिरहेको ज्ञान र अनुभवका आधारमा शाखालाई सबल नेतृत्व दिनसक्छु भन्ने आत्मविश्वासका साथ अध्यक्ष पदमा दाबी गरेकाे आफ्नो सामाजिक संन्जालमा बताएका छन् ।
शाखालाई पेशागत संस्थाका रुपमा विकास गर्ने, पत्रकारहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने, पत्रकारहरुको पेशागत हकहित संरचनाका लागि पर्ने, बेलायतस्थित नेपाली समुदायसित अन्र्तक्रिया बढाउने, सम्पर्क सेतुको काम गरी बेलायतमा उपलब्ध पत्रकारिताका नयाँ र विकसित अभ्यास, सुविधालाई नेपाली पत्रकारहरुले उपभोग गर्न पाउने अवस्थाको सृजना गर्ने लगायतका योजनाहरु रहेकाे उनले बताएका छन् । अाफ्नाे उम्मेदवारीलाई सहयोग गरिदिनहुन सम्पूर्ण पत्रकार मित्रहरुमा हार्दिक अनुरोध गरेका छन ।

नेपाली पत्रकारिता र प्रदेशी पत्रकारिता पेशालाई अबिछिन्न सम्पर्क, आवश्यकतानुरुप सहकार्य, बिकसित यन्त्रकलाको सहयोग आदान प्रदान लगायत पत्रकार महासंघ बेलायतले नयाँ र इच्छुक पुस्ताहरुलाई पनि आवश्यकतानुरुप तालिम प्रदान गराउदै सूचना संकलन साथै सप्रेषणकालागि हरेक समुदायसम्म हामी पुग्न सकिने जिकिर गरेका छन ।
पत्रकारिता पेशाको हक हीतलाई सुनिश्चित गर्दै यो पेशालाई मर्यादित, व्याबश्थित, ब्याबशायिक तुल्याउदै बिकास गर्नकालागि पत्रकार महासघ बेलायत सक्षम, सबल नेतृत्व हुन आवश्यक रहेको भन्दै आफूलाई अध्यक्षमा लड्नका लागि सबै ठाउँबाट हौसला र सहयोग मिलिरहेको सामाजिक संन्जालमा सार्वजनिक गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...