Saturday, January 2, 2016

सडक खाना महोत्सव सम्पन्न

हेटौँडा, १९ पुस । मकवानपुर होटल एसोसिएसन हेटौँडाको आयोजनामा दुई दिने सातौँ सडक खाना महोत्सव शनिबार सम्पन्न भएको छ ।

मकवानपुर जिल्लाको होटलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले सडकमै खाउ“ सडकमै रमाउ“ भन्ने नारा दिइएको उक्त सडक खाना महोत्सवमा विभिन्न किसिमका परिकारको ४६ वटा कक्षका साथै हस्तकलाको प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रमको समेत प्रस्तुति रहेको थियो ।

हरेक वर्ष आयोजना भइरहेको सडक खाना महोत्सवमा हजारौँ को सङ्ख्यामा मानिसको उपस्थिति रहेको तथा करिब रु २० लाख बराबरको कारोबार भएको मकवानपुर होटल एसोसिएसनले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...