Monday, January 4, 2016

इन्टरप्लास्टको नयाँ वर्ष २०१६ को सुभ अवसरमा बनभोज कार्यक्रम सम्पन्न

inter6

नयाँ वर्ष २०१६ को सुभ अवसरमा गत सुक्रबार दुबईको मम्जार पार्कमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।युएईमा सामाजिक क्रियाकलापको लागी क्रियासिल संघ सस्था भन्दा पछिल्लो समय आन्तरिक रुपमा सामाजिक काम गर्ने संघ सस्थाहरुको स्तरीयता उल्लेखनीय बन्दै गहिरहेको छ । जसको जगन्य उदारण बनेको छ नेपाली एकता समाज इन्टरप्लास्ट कम्पनि ली.।

inter5

सन् २००० मा सारजाहको इन्टरप्लास्ट कम्पनिमा कार्यरत केहि नेपालीहरुबाट आफ्नै कम्पनीमा कार्यरत नेपालीहरुलाई सहयोग गर्ने उदेस्यले स्थापना गरियको सस्था नेपाली एकता समाज इन्टरप्लास्ट कम्पनिमा सबैलाई समेटेर आगामी वर्ष सम्म ४०० को हाराहारीमा सदश्यता पुय्राउने लक्क्ष्य रहेको सस्थाका अध्यक्ष टक बहादुर गुरुङले जानकारी दिएका छन्।

inter4

सुभकामना तथा बनभोज कार्यक्रममा नेपाली परिकारका मिस्ठान्न खानेकुराका साथ बिभिन्न मनोरञ्जनात्मक लोक पारखीका गाना र निर्त्यले आफनै जन्मभुमिको झझल्को लगाएत आफनो सस्कृतिको बिशेष आनन्द लिदै सहभागीहरु रमाइरहेका थिए ।

inter3

कार्यक्रम सस्थाका अध्यक्ष टक बहादुर गुरुङको सभापतित्वमा भएको थियो भने उक्त औपचारिक सत्रको कार्यक्रम सस्थाका सचिब राजु भण्डारीले संचालन गरेका थिए । बिशेष अथिती विरेन्द्र नकर्मी रहेको उक्त कार्यक्रमको स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष हेम थपलियाले राखेका थिए।

inter

नेपालि एकता समाज इन्टरप्लास्टका सस्थापक सल्लाहकारहरु कृष्ण प्रसाद आचार्य तथा रामेश्वर भेटवालले सस्थाले धेरै अगाडी फड्को मारेकोमा सस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई धन्यबाद प्रदान गर्दै प्रवाशमा यसरी विभिन्न जिल्लाका नेपालीहरु एउटै थलोमा भेला हुन पाउँदा अत्यन्त हर्सित रहेको जनाए

कार्यक्रमका सभापति तथा अध्यक्ष गुरुङले सबै सहभागीहरुलाई व्यस्त समयको बाबुजुद कार्यक्रमका लागि समय निकालेकोमा आभार व्यक्त गर्दै नयाँ बर्षको शुभकामना साथै, सस्थालाई अझै दरिलो बनाउदै लैजाने प्रतिबद्द्ताका साथ कार्यक्रमको समापन गरेका गरेका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...