Saturday, January 2, 2016

नेताको मूल्याङ्कन गर्ने बेला आयो: महामन्त्री सिटौला

krishna-sitaulaभीमदत्तनगर, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीको १३ औँ महाधिवेशनमा नेताहरुको मुल्याङ्कन हुने बताउनुभएको छ ।

आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानको घोषणा सभामा बोल्दै महामन्त्री सिटौलाले नजिकिदै गरेको कांग्रेसको महाधिवेशनमा नेताहरुको मुल्याङ्कन गरेर कुर्चीमा पुर्‍याउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । महाधिवेशन निर्वाचनमा स्वविवेक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

त्यसैगरी नेपाली कांग्रेस देशकै अभिभावक रहेको धारणा राख्दै देशमा देखिएको नाकावन्दी, भुकम्प पिडीतहरुको समस्या समाधनका लागि कांग्रेसले निकास खोज्न भुमिका निभाउनुपर्नेमा सिटौलाले जोड दिनुभयो । राज्य पुर्नसंरचनामा कैलाली कञ्चनपुर प्रदेश नं. ७ मै रहने स्पष्ट पार्दै उहाँले कैलाली कञ्चनपुरको संरचनाको निर्णय सिराहा, सप्तरीका जनताले गर्ने होइन भन्नु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...