Saturday, January 2, 2016

सीमाङ्कनको टुङ्गो लगाएर मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्छ: डा भट्टराई

Baburam-Bhattarai-1काठमाडौँ, १८ पुस । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले तराई–मधेसमा जारी आन्दोलनको मुख्य विषय सीमाङ्कन टुङ्ग्याएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

तराई–मधेसमा जारी आन्दोलनका समस्यालाई समाधान गर्ने सम्बन्धमा आज आफ्नै निवास सानेपामा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले विगतको सहमतिका आधारमा सीमाङ्कनका विषय अन्त्य गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो – “सीमाङ्कनको मुद्दा तत्काल टुङ्गाएर जाँदा नै राम्रो हुन्छ, झगडा र आगोको बीउले सानो भए पनि पछि विकराल रुप लिने भएकाले अहिले नै टुङ्ग्याउनु राम्रो हुन्छ, त्यसले दिगो शान्ति कायम गर्न सकिन्छ ।”

उहाँले संविधानसभा, राज्य पुनःसंरचना समिति र अन्तरिम संविधान बमोजिमको राज्य पुनःसंरचना आयोगका सिफारिसका आधारमा प्रमुख दलबीच सहमतिको गरेर समस्याको समाधान गर्न सकिने स्पष्ट पार्नुभयो ।

सङ्घीय प्रदेशको सीमाङ्कनका विषयमा पश्चिमको थारु बाहुल्य क्षेत्र, मध्य क्षेत्रको मगर बाहुल्य पहाडी क्षेत्र र पूर्वको मधेसी थारु बाहुल्य क्षेत्रमा बढी बहस र विवाद रहेकाले त्यस विषयमा राजनीतिक सहमति खोज्नुपर्नेमा डा भट्टराईको जोड थियो । “आर्थिक विकास र समृद्धिका लागि दिगो शान्ति र स्थायित्व चाहिन्छ, त्यसका लागि मुलुकका खस, आर्य, जनजातिबीचमा समझदारी गरेर अधिकार बाँडफाँट गरी अगाडि बढ्नुपर्छ ” उहाँले भन्नुभयो ।

आगामी केही महिनाभित्र वैकल्पिक राजनीतिक पार्टीका रुपमा नयाँ शक्ति आउने जानकारी दिँदै उहाँले सकभर छिटो, राम्रो र दिगो तथा सदाचारयुक्त र भ्रष्टाचाररहित पार्टी घोषणा गरिने बताउनुभयो ।

नेपालले आफूलाई चीन र भारतबीचको सम्बन्धलाई सन्तुलित एवम् गतिशील पुलका रुपमा विकास गर्नुपर्ने बताउँदै डा भट्टराईले त्यसका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभयो

डा भट्टराईले अब १० देखि १५ वर्षका अवधिमा विश्वका मध्यमस्तरको देशमा नेपाललाई पु¥याउन आफूहरु लागेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...