Sunday, January 3, 2016

१० औं महफिल कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले मासिक रूपमा आयोजना गर्ने १० औं महफिल कार्यक्रम आज सम्पन्न भयो । च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महफिल कार्यक्रमका सदस्य एंव भारतीय दूतावासका प्रथम सचिव कवि अभय कुमारको विदाई कार्यक्रम पनि सम्पन्न भयो ।
कार्यक्रममा कविहरू अभय कुमार, डा. सनत कुमार वस्ती, रामबाबु सुवेदी, अब्दुल मोमिन खान, डा.श्वेता दीप्ति, मणि लोहनी, गीता कार्की, शशी थापा पण्डित, भगवती रोका भूमिका, लक्ष्मी जोशी, सरू सुवेदी आदिले आ–आफ्ना रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा अभय कुमार, डा.सनत वस्ती र राधेश्याम लेकालीले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...