Monday, January 25, 2016

नेपाल भारत सम्बन्ध सम्भावना र चुनौती बिषयक अन्तरक्रिया

नेपाल भारत सम्बन्ध, सम्भाबना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आज राजधानीमा सम्पन्न भएको छ । रिपोटर्स क्लबले गरेको कार्यक्रममा बोल्दै उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले एक आपसका दुई छिमेकी बिचको सम्बन्धमा कहिलेकाँही उतारचढाव आउनु सामान्य भएको बताउदै अहिले सम्बन्ध सुधारको बाटोमा रहेको सम्बन्ध प्रगाड बन्ने पनि बताए । त्यस्तै भारतीय राजदुत रञ्जित रायले सम्बन्धमा कहिलेकाँही हुने उतारचढाव पश्चात झनै सम्बन्ध बलीयो भएर जाने बताए । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले हाल रहेको असमझदारी हटाएर दुबै देशले सम्बन्ध अझै बलीयो पार्नुपर्ने बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...