Wednesday, January 27, 2016

प्रथम नगर स्थरीय फुटबलको उपाधि वडा नं. १ लाई

1

पथरी, १३ माघ ।
मोरङको पथरीशनिचरे नगरपालिका–२ स्थीत बुद्ध युथ क्लबद्वारा आयोजित प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ ले चुमेको छ । आज बुधबार सम्पन्न फाइनल खेलमा वडा नं. १ ले वडा नं. ३ लाई शुन्यका विरुद्धद्ध २ गोल गरी बिजयी भएको हो । प्रतियोगिताको उपविजेता वडा नं. ३ घोषित भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा वडा नं. ३ ले धेरै मौका पाए पनि जाली चुम्न सकेन । वाड नं. १ का कृष्ण राईले दोस्रो हाफको २ र १७ मिनेटमा गोल गर्दै टिमलाई विजयी गराएका हुन् ।

2
खेलको म्यान अफ द म्याच वाड नं. १ का ईस्ट्राइकर कृष्ण राई घोषित भए । यसैगरी, खेल अवधि भर बढी गोल गर्ने वडा नं. ९ का सुजन लिम्बू, बेस्ट गोलकिपर वडा नं. १ का चन्द्र पयान्गु, बेस्ट फरवार्ड वडा नं. ३ का मिलन गुरुङ घोषित भएका छन् ।

3
यस्तै बेस्ट डिफेन्डर वडा नं. १ का मिन धिमाल, बेस्ट मिड फरवार्ड वडा नं. ३ का सन्तोष न्यौपाने, सर्वोकृष्ट खेलाडी वडा नं. १ का साइमन लिम्बू, नव उदयमान खेलाडी वडा नं. १ का बालक लिम्बू र उत्कृष्ट प्रशिक्षक वडा नं. १ का पुरण लिम्बू घोषित भए ।
प्रतियोगिताका विजेता र उप विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि पथरी स्पोर्टिङ क्लबका अध्यक्ष एवं उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङले प्रदान गर्नुभयो ।

4
यसैगरी अन्य पुरस्कारहरु बुद्ध युवा क्लबका सल्लाहकार लालबहादुर राई, भुवनसिंह लिम्बू र क्लबका उपाध्यक्ष दिनेश लावतीले प्रदान गर्नुभएको थियो ।
वडा स्तरीय फुटबल प्रतियोगितामा नगरका १५ वडाको टिमहरु सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई १५ हजार रुपैया र उपविजेतालाई ८ हजार रुपैयाँका साथमा ट्रफी, मेडल प्रदान गरियो ।

5

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...