Monday, January 25, 2016

नाकाबन्दी खोल्नेबारे भारतीय राजदूतको नयाँ प्रतिक्रिया

Ranjeet-Ray-Indian-Dhoti

काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले चार महिना लामो नाकाबन्दीबारे नयाँ प्रतिक्रिया दिएका छन् । संविधान संशोधन भएसँगै नाकाबन्दी अन्त्य हुने अनुमान गरिएपनि संशोधन भएको दुई दिन वितिसक्दा पनि नाका खुल्न नसकेको बेला राजदूत रेले आफूहरुले नाकाबन्दी खोल्न नसक्ने संकेत गरेका हुन् । नाकाबन्दी कहिले खुल्छ भन्ने आफूलाई नभई मधेसी मोर्चालाई सोध्न उनले आग्रह गरे । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नाकाबारे सञ्चारकर्मीहरुको प्रश्नमा राजदूत रेले मधेसी मोर्चालाई सोध्न आग्रह गरे । उनले भने– मधेसी मोर्चालाई सोध्नुस्, यो प्रश्नका लागि म गलत मान्छे हुँ । संविधान संशोधनलाई सकारात्मक विकासक्रम भन्दै उनले सरकारले गरेका अन्य निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिए । शनिबार राति सरकारले पेस गरेको प्रस्तावमा संविधान संशोधन भएपनि अहिलेसम्म नाकाबन्दी खुल्न सकेको छैन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...