Friday, January 1, 2016

खाजा खर्च कटाएर आगलागीपीडितलाई शैक्षिक सामग्री प्रदान

खोटाङ, १८ पुस । जिल्लाको एक निजी विद्यालयका विद्यार्थीले आगलागीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

दिक्तेलस्थित माउण्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलको कक्षा–९ मा अध्ययनरत छात्रछात्राले आफ्नो दैनिक खाजा खर्च कटाएर जम्मा गरेको रकमले शैक्षिक सामग्री खरिद गरेर दिक्तेल नगरपालिका–२ का आगलागीपीडित विद्यार्थीलाई प्रदान गरेको हो ।

विद्यार्थीले गत पुस २ गते दिक्तेल नगरपालिकाको रत्नपार्कमा भएको भीषण आगालागीबाट पीडित बनेका विद्यार्थीलाई स्कुल ब्याग, कापी, जमेट्रीबक्सलगायत शैक्षिक सामग्री खरिद गरेर प्रदान गरेको शिक्षक पार्जुन राईले जानकारी दिनुभयो ।

शिक्षक राईका अनुसार दिक्तेल इङ्ग्लिस उच्च माविमा अध्ययनरत हीरालाल पुरीका दुई छोरी र एक छोरालाई रु १२ हजार बराबरको शैक्षिक सामग्री प्रदान गरेको हो ।

आगलागीपीडित पुरी परिवारलाई यसअघि उद्योग वाणिज्य सङ्घले रु दुई लाख ५८ हजार ४५१ र नेपाली काँग्रेस खोटाङले रु ४५ हजार राहत रकम प्रदान गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...