Sunday, January 3, 2016

युएई बासी काभ्रेलीले बनभोज तथा चिट्ठा कार्यक्रम गर्दै नयाँ बर्ष मनाए ।

DSC03200

युएई २ जनावरी, रोजगारीको शिलशिलामा युएईमा रहेका काभ्रेलीहरुले १ जनावरी २०१६ का दिन युएईको दुबई स्थित जाबेल पार्कमा शुभकामना आदानप्रदान बनभोज तथा चिट्ठा लगायत बिभिन्न सास्कृतिक कार्यक्रम गर्दै अग्रेजी नयाँ बर्ष २०१६ मनाएका छन ।

युएईको कुनाकुनाम छरीएर रहेका काभ्रेलीहरुलाई संगठित गरी काभ्रे जिल्लाको बिकासलाई टेवा पुर्याउने उद्धेश्यका साथ आयोजित कार्यक्रममा युएईको आबुधाबी, सारजाह, दुबई, अल एन, फुजेराह, लगायतका प्रान्तहरुमा रहेका काभ्रेली दाजुभाई तथा दिदीबहिनीहरुको निकै बाक्लो उपस्थिती रहेको थियो। भब्य र सभ्य रुपमा शुरु भएको कार्यक्रमको सभापति समितिका अध्यक्ष दल चन्द्र ढकालले गरेका थिए भने प्रमुख अतिथी समितिका प्रमुख सल्लाहकार दामोदर दाहाल रहेका थिए ।

DSC03219
अतिथीहरुमा नेपाल पत्रकार महासंघ युएईका कार्यबाहक अध्यक्ष त्रिलोचन कोईराला, लक्ष्मण खनाल, हरी नेपाली, नेपाल बिश्व सहयोग संघ युएईका अध्यक्ष गोबिन्द ढकाल, गुल्मी समाजका नर बहादुर बस्नेत, बाग्लङ्ग समाजका अध्यक्ष पिताम्बर पाण्डे, भक्त बस्नेत, प्रगतीशिल बचतका लक्ष्मण काफ्ले, कलाकारहरु राजु जिसी, सन्देश एसके रहेका थिए। जेनिसा पन्तको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लक्ष्मण खनाल, चन्द्र सागर लामा, गोबिन्द ढकाल, हरी नेपाली, नर बहादुर बस्नेत, तारा खनाल, राजु जिसि, दिपक ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

DSC03220

पहिलो चरणको कार्यक्रम पश्चात निकै रमझमका साथ दाश्रो चरणको कार्यक्रम शुरु भएको थियो। कार्यक्रमको बिच बिचमा नेपाली लोक दोहारी भाकामा स्थानिय कलाकारहरुले उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए। बनभोजमा छाला सहितको खसीको मासु, पुलाउ अचार लगायत नेपाली खानाको परिकार रहेको थियो । खाना पछि चिट्ठा खोल्दै बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो। उक्त चिट्ठा प्रतियोगितामा बिकास तामाङ्गले प्रथम पुरस्कार ल्यापटप जितेका थिए, भने दोश्रो, तेश्रो र चौथो पुरस्कार क्रमस सरोज पाण्डे, बिशाल बस्नेत, शान्ता गुरुङ्गले मोबाईल फोन, ट्याब्लेट र टेबल घडी जितेका थिए । बिजेताहरुलाई पुरस्कार बितरण गर्दै प्रमुख अतिथी तथा अतिथीहरुले बिजेतहरुलार्ई बधाई दिएका थिए।

कार्यक्रमको अन्तमा कार्यक्रम सफल बनाउन निरन्तर खटिएर सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगमी दिनहरुमा पनि सबैको सल्लाह सुझाब सहयोगको साथ काभ्रे सम्पर्क समिति अगाडी बढने र युएईबासी नेपाली दाजुभाई दिदीबहिनीहरुको शुख दुखमा आफुहरु लागी पर्ने बाचा गर्दै कार्यक्रमका सभापति दल चन्द्र ढकालले कार्यक्रम समापन गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...