Tuesday, January 5, 2016

गाईपालनबाट मासिक डेढ लाख

cow_828765071पोखरा, २१ पुस । दृढ इच्छा शक्ति र लगनसिल हुने हो भने कुनै पनि व्यवसाय गर्न पैसाले रोक्दैन भन्ने उदाहरण भरत पोखरीस्थित बागमाराका गाईपालक किसान शोभाकर भण्डारी बन्नुभएको छ ।

पोखराको बिरौटास्थित कान्जिहाउसबाट रु दुई सयमा खरिद गरेको स्थानीय जातको गाईको बाच्छीलाई उन्नतजातको बहर लगाएर सुरु गरेको गाईपालन फस्टायर व्यवसायमा परिणत भएपछि भण्डारी सबैका लागि उदाहरणीय बन्नुभएको हो । “बाइस वटामध्ये १२ दुहुना गाईले दैनिक २१० लिटर दुध दिन्छन”, उहाँले भन्नुभयो, “पोखरा दुग्ध सहकारीलाई बिक्री गरी मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ ।”

नयाँ गाई खरिद गर्नभन्दा बाच्छी हुर्काउन जोड दिँदै आएका भण्डारी गोठमा हुर्केका साना ठूला गरी ३० वटा बिक्री गरेर रु १२ लाख आम्दानी गरेको बताउनुहन्छ । “दूध खान सुरु गरेको गाईपालनबाट मनग्य आम्दानी होला भनेर सोचेकै थिइन” उहाँले भन्नुभयो । अहिले उहाँको गोठमा १२ दुहुनासहित १० वटा ब्याउने र तीन वटा बाच्छी छन् ।

भण्डारीलाई श्रीमती चन्द्रमायाले सघाउँदै आउनुभएको छ भने गाईपालनबाट दैनिक चार जनाले प्रत्यक्ष रोजगारसमेत पाएका छन् । चन्द्रमायाका अनुसार एउटा गाईले एक दिनमा १० देखि १५ लिटरसम्म दूध दिने गरेको छ । उत्पादित दूध गाग्रीमा बोकेर साँझ र बिहान डेरीसम्म पु¥याउनु भण्डारी दम्पत्तिको दैनिकी बनेको छ ।

गाईले एक वर्षमा लगातार दश महिनासम्म दुध दिने गरेको उहाँले बताउनुभयो । फाइदा कै कारण आपूmले गाईपालन व्यवसाय रोजेको भण्डारीको भनाइ छ । “बाच्छाबाच्छी र पाडापाडीलाई दूध चुस्नसमेत नदिइकन मार्नुभन्दा हुर्काउन किसानलाई राज्यले प्रोत्साहन गर्नुपर्छ” उहाँले भन्नुभयो ।

पोसिलो घाँस उत्पादनमा कठिनाई परेकोले गाईपालनका लागि घाँसभन्दा दाना र चोकरमा बढी निर्भर हुनुपरेको छ । दूध उत्पादन लागत बढी पर्नेगरेको भए पनि बजार मूल्य भने अझै सन्तोषजनक नभएको भण्डारीको गुनासो छ । दूध बिक्री गरेको आम्दानीले घर खर्च कटाएर उहाँले बाहिरवाट जन्मिने वित्तिकैका बाच्छी ल्याएर हुर्काउने गर्नुभएको छ ।

लेखनाथ नगरपालिका–१७ गाईगौँडामा रहेको ३२ रोपनी जग्गामा उहाँले लगभग रु १७ लाख खर्चेर गाई, भैँसी, बाच्छीको लागि छुट्टाछुट्टै आधुनिक गोठ निर्माण गर्नुभएको छ भने बाँकी जमिनमा विभिन्न जातको घाँससमेत उत्पादन गर्नुभएको छ । सरकारी ऋण लिन झण्झटीलो भएको बताउँदै उहाँले सहजरुपमा ऋण प्राप्त हुने अवस्थाका लागि सरकारी पक्षसँग आग्रह गर्नुभयो ।

भण्डारी दम्पत्तिको गोठमा ४० वटा दुहुना गाई पुर्‍याउने लक्ष्य रहेपनि पानीको अभावका कारण त्यो सम्भव हुन सकेको छैन । पानीको अभावकै कारण वर्षातको पानी सङ्कलनका लागि पोखरी निर्माणसमेत गरेकोमा त्यसले समेत अभाव नमेटेका कारण ट्याङ्करको पानी खरिद गर्नुपरेको चन्द्रमाया भण्डारीको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...