Monday, February 1, 2016

विकास अभियानको लहर ल्याउनुपर्छ: प्रम

Rss_Images_1454323664468_RS-KTM-bal geet-6भक्तपुर, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, कृषिमा आधुनिकीकरण गर्ने, खेती र सिँचाइको राम्रो व्यवस्था गर्ने र देशलाई एक वर्षभित्र देशलाई विद्युत्भार कटौतीमुक्त बनाउने प्रतिबद्धता पूरा गरेरै छाड्ने बताउनुभएको छ ।

कृषि विकास बैंक कर्मचारी सङ्घ नेपालको १०औँ केन्द्रीय महाधिवेशनको आज बोडेमा उद्घाटन गर्दै सरकार देशलाई माथि उठाउन विशेष ढङ्गले अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो–“विकासका कामलाई बहुआयामिक ढङ्गले अगाडि बढाउँछौँ, अरुले सहयोग गर्दैमा मात्रै देश बन्दैन, आफैँले विकासको अभियानको लहर ल्याउनुपर्छ ।”

उहाँले विसं १९६८ मा जलविद्युत् आयोजना सुरु भएकामा अहिलेसम्म ४४० मेगावाट मात्रै उत्पादन भएकामा अब देशमा जलविद्युत्को विकास तीव्र रुपमा हुने बताउनुभयो । “अब कुनै पनि काममा ढिलासुस्ती र भ्रष्टाचार हुन नदिन सरकार सचेत छ । ”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...