अमेरिका,५ फेब्रुवरी। आफ्नो मातृभूमि छाडी प्रदेशमा रहनु कसैको रहर, बाध्यता, अवसरको खोजी जस्ता विविध पक्षहरू छन् । दुई दशक अघि सम्म गन्न सकिने नपालीहरु प्रदेशमा जाने गरेकोमा पछिल्लो समय यसको सङ्ख्या धेरै न बढेको छ । विदेशमा नेपालीको सङ्ख्या बढेको सँगै विदेशी भूमिमा स्थापित हुने नेपालीहरूको सङ्ख्या पनि बढ्दै छ । यिनै सफल व्यवसायीहरु मध्यमा एक अमेरिकाको क्यालिफोर्नियाका लागि महाबाणिज्यदुत ऋषि ढकाललाई लिन सकिन्छ । नेपालमा कार्गो तथा निर्यात व्यवसाय गरेका ढकाल अमेरिकामा राइजिंग इन्टरनेसनल मार्फत नेपाली उत्पादनको व्यवसाय गर्दै आइरहेका छन् । नेपाली उत्पादनले नेपाललाई विश्वसामु चिनाउने र नेपालको पर्यटन पर्बर्धनमा समेत टेवा पुरयाउने गर्दछ ।
२००६ मा अमेरिका आउनु भएको ढकाल सानो व्यवसायबाट सुरु गरेर अमेरिकामा स्थापित व्यापारीको रूपमा अमरिकी र नेपालीमाझ आफूलाई चिनाउन सफल भएका छन । नेपालमा उत्पादित सामाग्रीहरू अमेरिका आयात गरी बिक्री गर्ने व्यवसायी ढकाल अवसरको देश भनेर चिनिने अमेरिकामा मिहेनत गरेमा निश्चित रूपमा फल प्राप्त गर्न सकिने बताउछन ।
ढकालले नेपालमा पर्यटन, कार्गो तथा तयारी पोशाक लगायत अन्य व्यवसायमा समेत लागनी गर्नु भएको छ, जसले एकातिर नेपालमा रोजगारीको अवसर सृजना गरेको छ भने आन्तरिक उत्पादन वृद्धिमा समेत टेवा पुरयाएको छ । ढकाललाई व्यावसायिक रूपमा नेपाललाई योगदान पुर्यायबापत नेपाल सरकारले व्यावसायिक महत्त्वपूर्ण व्यक्तिको रूपमा सन् २०१४ मा सम्मान गरेको थियो ।
नेपालमा होस् वा प्रदेशमा व्यवसाय गर्नको लागि “ब्यबसायको छनौट, ब्यबसाय गर्ने स्थानको छनौट, आफूले के गर्ने हो सो विषयवस्तुमा ज्ञान हुनु र्पयो, के गर्ने वा कहाँ सम्म पुग्ने लक्ष्य तय गर्नु र्पयो, लक्ष्य प्राप्तिको लागि आफुले देखेको सपनाहरुलाई लक्ष्य सहितको कार्ययोजना सहित अगाडी बढदै मिहेनत गरेमा व्यावसायिक रुपमा सफलता प्राप्त गर्न सकिन्छ “ भनी नवआगन्तुकहरुलाई यस क्षेत्रमा आफनो कार्यदक्षताको आधारमा आउनको लागि अनुरोध गर्छन ।
व्यावसायिक सफलताको लागि व्यवसायको बारेमा गहन अध्ययन गरी सैदान्तिक देखि व्यवहारिक ज्ञान हासिल गर्दा आफ्नो व्यवसाय र सम्बन्धित देशको नीतिनियम समेत समयानुकुल छन् छैनन् के परिमार्जन गर्नु पर्दछ भनी ठोस योजनाका साथ बढ्न सकिने ढकाल बताउछन ।
हालसालै अमेरिकी दुबै सदनबाट नेपाली तयारी पोशाकलाई कर छुटको रूपमा स्वीकृति प्रदान गर्ने विधेयक पारित गरेकोछ, उक्त विधेयक राष्ट्रपतिले हस्ताक्षर गरेको ३० दिन पश्चात लागु हुन्छ । यो विधेयक लागु भएमा १९८० मा सुरु भएर २००५ मा मल्टी फाइबर एग्रिमेन्ट टर्मिनेट भएपश्चात खस्केको व्यवसाय पुन २००२ भन्दा अगाडिको अवस्थामा फर्कन सक्ने अवसर प्राप्त भएको छ । २००२ मा सातसय भन्दा बढी उद्धयोग र पाँच लाख कामदार रहेको क्षेत्र हाल ८० को हाराहारीमा छन् भने गलैचा पश्चात् वैदेशिक मुद्रा भित्र्याउने दोस्रो व्यवसाय ५० मिलियनको हाराहारीमा झरेको छ ।
अहिलेको व्यवस्थाबाट ब्यबसायीहरु उत्साहित भएका छन, र अमेरिकामा मात्र २५ अरबको तयारी पोशाक लगायत अन्य सामाग्रीहरु निर्यात गर्न सक्ने अबसर छ भने यसले लाखौंको संख्यामा रोजगारी र बिदेशी मुद्रा समेत आर्जन गर्न सक्दछ ।
नेपाललाई अमेरिकाले प्रदान गर्दै आएको कोटा २००५ मा हटाएपश्चात लाखौँको सङ्ख्यामा रहेका कामदारहरु केही हजारमा सीमित रहनुकासाथै अमेरिकामा नेपाली गार्मेन्टको निर्यात अमेरिकी गार्मेन्ट आयातको ०.०२ प्रतिशतमा सीमित हुन पुग्यो ।
कर छुटको सुविधा प्राप्त गर्नको लागि नेपालले “अफ्रिकी वृद्धि र अवसर ऐन(१९७४” मा भएका प्रावधानहरु पुरा गर्नु पर्ने, उत्पादित सामाग्री कम्तीमा ३५ प्रतिशत नेपालमा उत्पादन भएको हुनु पर्ने, अन्य देशबाट नेपालमा सामान ल्याएर निर्यात गर्न नसकिने, हस्तकला, नेपालको संस्कृति झल्कने प्रिन्ट भएका लगायतका सामाग्रीहरू अमेरिका पठाउन सकिने तर सर्व प्रथम अमेरिकामा आयात हुने गार्मेन्ट मध्य १.५ प्रतिशत तयारी पोशाक भन्सार छुटमा ल्याउन सकिने र हरेक वर्ष ०.३३ प्रतिशतको दरले १० वर्ष सम्म (२०२५ सम्म) वृद्धि गर्दै लैजाने गरी सुविधा प्रदान गर्दै जाने जस्ता सर्तहरू राखेको छ । नेपालले १.५ प्रतिशत तयारी पोशाक भन्सार छुटमा अमेरिका ल्याउन सकेमा नेपालको आर्थिक बृद्घिदर बढन सक्नेछ ।
एल.सि.डी (अल्प विकसित राष्ट्र ) अन्तर्गत Trade facilitation and trade enforcement act of 2015 अन्तर्गतको सेक्सन ९१५ को Trade preference for Nepal अन्तर्गत सुविधा प्रदान गर्न लागेको हो यस अन्तर्गत तयारी पोशाकका ६६ प्रकारका उत्पादनलाई १७ प्रतिशत भन्सार छुट दिने छ । यस अघि नै नेपाली हस्तकलाका सामानहरू (पस्मिना,फेल्ट, सिल्बर जुएलारी, उलन प्रोडक्ट, घरेलु उद्धयोगका सामानहरू)लाई जी.एस.पी.सुविधा अन्तर्गत कर छुट प्रदान गरिएको छ ।
घरेलु तथा साना उद्योगहरूमा उत्पादित सामाग्रीहरु “फेएर ट्रेड” हो भनी प्रमाणित गराई विश्व बजारमा प्रबद्र्घन गर्न सकेमा युरोप, अमेरिका लगायतका देशमा यस्को ठुलो बजार रहेको छ । यदि सरकारले ‘फेएर ट्रेड” प्रमाणित गरिदिने सिस्टम बनाएमा नेपाली हस्तकलाको बिश्वबजारमा ठुलो बजार भएको हुँदा व्यवसायी, सरकार सबैले संयुक्त रूपमा ‘फेएर ट्रेड” प्रमाणित गर्ने परिपाटी विकाशको लागि कार्य गर्नु अपरिहार्य भएको ढकाल बताउछन ।
सरकारले बिगतका केही दशक भित्रमा पस्मिना, गलैचा जस्ता वस्तुहरूको अन्तराष्ट्रीय बजारमा ट्रेड मार्क लिन नसक्दा केहि समय राम्रोंव्यवसायको रूपमा आउदै लोप भएर जानु परेको छ । आगामी दिनमा निजी क्षेत्र र सरकारको सहकार्यमा नेपाली विशेष उत्पादनको अन्तर्रा्ष्ट्रिय रूपमा ट्रेड मार्क लिने तयारी गरेमा भविष्यमा नेपाली उत्पादनले गलैचा र पस्मिना जसरी लोप भएर जानुपर्ने छैन भने नेपाललाई विश्वसामु चिनाउन समेत सकिनेछ ।
अमेरिकी सरकारले प्रदान गर्न लागेको सुविधाको बारेमा ढकाल भन्नु हुन्छ “यो नेपालको लागि सबै प्रावधान पुरा गरी काम गरेमा रोजगारीको अवसर सृजना भई देश विकाशको गर्ने एक अवसरको रूपमा समेत रहनेछ । भुपरिबेस्ठीत देश हुनु, अपर्याप्त नीति, नियम, सरोकारवाला निकायबिच समन्वयको अभाव, दक्ष श्रमिकको कमी, बिद्युतको अभाव हुनुजस्ता चुनौतीहरू भएको अबस्थामा तयारी पोशाक उद्योगीहरुले सरकारसँग समन्वय गरेर आन्तरिक लगानीको साथमा वैदेशिक लगानी निती, परिमार्जीत श्रमनीति, नयाँ संरचनाको निर्माण, आयकर छुटको व्यवस्था, सहुलियत ब्याजदरको व्यवस्था, उचित नीति नियमको तर्जुमा गर्न सरकारी निकायसंग समन्वय जस्ता कार्य गरेमा अहिले अमेरिकी सरकारले प्रदान गर्न लागेको भन्सार छुट एक कोशढुंगाको रुपमा रहने बताउछन ।” ढकालले अमेरिकी सरकारले नेपालमा भएको राजनैतिक अस्थिरता, बेरोजगारी समस्या, महाभूकम्पबाट भएको क्षती, भारतीय अघोषित नाकाबन्दीको कारणले नेपाली जनतामा परेको बिसम परिस्थितीबाट नेपाली जनतालाई राहात प्रदान गर्नको लागि दिएको सहुलियतको लागि अमेरिकी सरकारलाई धन्यबाद दिदै प्राप्त अवसरको सदुपयोग गर्न सबैलाई अनुरोध गर्छन ।
Friday, February 5, 2016
मिहेनत र दूरदर्शी नीतिले नै व्यवसायमा सफलता प्राप्त गर्न सकिन्छ–ऋषि ढकाल
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment