इटहरी, ९ फागुन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएका ६०/४० को भागबन्डालाई अन्त्य गर्नका लागि आगामी १३औँ महाधिवेशनले महत्वपूर्ण निर्णय निकाल्ने बताउनुभएको छ ।
पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा झापामा आयोजना हुने शोकसभामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले देशभरका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले पार्टीलाई ऊर्जाशील तुल्याउन नयाँ जोस र रणनीति बोकेर आउने विश्वास बढेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो–“अब यहाँ संस्थापन पक्ष र देउवा पक्ष भन्ने भावनाको छिर्का समेत नआउन दिनका लागि प्रतिनिधिले सुझबुझ देखाउनुपर्छ । ” उहाँले धनुषा, बारा र पर्सामा नेतृत्व छनोट भइरहेको र ५१ जिल्लामा सम्पूर्ण निर्वाचनका प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिँदै आफू सभापतिको आकाङ्क्षी भएर मैदानमा आइसकेको बताउनुभयो ।
No comments:
Post a Comment