Tuesday, February 2, 2016

दुर्घटनामा एकको मृत्यु

इटहरी, १९ माघ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा चोकमा आज बिहान टिपरले ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्युभएको छ ।

को१३प ९११९ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे१ख १८२२ नंको टिपरले ठक्कर दिएपछि मोटरसाइकलका चालक धरान उपमहानगरपालिका–१३ निवासी यामबहादुर राईको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेकी महिलाको भने नाम, थर खुल्न सकेको छैन । उनलाई चिन्ताजनक अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...