Friday, February 19, 2016

पत्रकार राईसहित सातजना सम्मानित

खोटाङ, ८ फागुन । किरात राई यायोक्खा खोटाङले पत्रकारसहित सात जनालाई सम्मान गरेको छ ।

पत्रकारिताको माध्यमबाट किरात तथा गैरकिरातको संस्कार/संस्कृतिको उत्थानमा पुर्‍याएको योगदानको कदरस्वरुप पत्रकार रामधन राईलाई यायोक्खाले सम्मान गरेको हो ।

यायोक्खाले आफ्नो सातौँ जिल्ला अधिवेशनको अवसरमा शुक्रबार यायोक्खाका केन्द्रीय सदस्य जनक राईले पत्रकार राईलाई फेटा बाँधेर सम्मान गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ शाखा खोटाङका सदस्यसमेत रहनुभएका पत्रकार राई नेपाल टेलिभिजन, नेपाल समाचारपत्र, रुपाकोट सामुदायिक रेडियो, बिएफबिएस गोर्खा रेडियोलगायतमा आबद्ध हुनुहुन्छ ।

यायोक्खाले खेलकुद, कला, संस्कार/संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने अरु महानुभावहरुलाई पनि सम्मान गरेको छ । जिल्लाको खेलकुद क्षेत्रमा योगदान पुर्‍याएको भन्दै नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सञ्जयकुमार राई, रिलुङहसुङ (संस्कार/संस्कृति ज्ञाता) लफ्याङका सिंहशेर राई, वेशभूषा संरक्षणकर्मी दिक्तेलकी विष्णुकुुमारी राई, रानोहँछा आर्टका सञ्चालक किशोर राई, दिक्तेलकी नछुङ धनशोभा राई र नछुङ लालबहादुर राईलाई सम्मान गरिएको यायोक्खाका सचिव युगसन किरातले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...