नयाँ दिल्ली, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो दिन भारतीय राष्ट्रपति, प्रधानमन्त्री र बरिष्ठ मन्त्रीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा उच्च सम्मान पाएका प्रधानमन्त्रीले राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरे ।
प्रधानमन्त्रीले शनिबार बिहान नै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका छन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीले संयुक्तरुपमा शनिबार नै हैदरावाद हाउसबाटै स्वीच दबाएर ढल्केबर–मुजफ्फरपुर अन्रदेशीय प्रशारण लाइनको शुभारम्भ गरे । शनिबारदेखि नै भारतबाट ८० मेगावाट विजुली आयात भएको छ ।
No comments:
Post a Comment