Tuesday, February 2, 2016

मकै मिसन कार्यक्रमका कृषकलाई नगद अनुदान

पानीट्याङ्की (मोरङ), १९ माघ । जिल्ला कृषि विकास कार्यालय मोरङले मकै मिसन कार्यक्रममा संलग्न कृषकलाई गाउँमै पुगेर नगद अनुदान वितरण गरेको छ ।

बुधनगर गाविसमा बसेर मकै उत्पादनमा सक्रियतापूर्वक लागिपरेका १२२ कृषकलाई जिल्ला कृषि विकास समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बीउ खरिदबापतको प्रतिकेजी रु ६५ का दरले अनुदानको रकम सोमबार हस्तान्तरण गर्नुभयो ।

बीउ खरिद गर्नका लागि वितरकमार्फत अनुदान दिँदा कृषकलाई झन्झट धेरै हुने र लाभ पनि थोरै पाउने भएकाले अधिकतम हितका लागि अनुदानबापतको नगद रकम सोझै कृषकलाई नै हस्तान्तरण गरिएको मोरङका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले बताउनुभयो ।

कृषि विकास कार्यालयका अनुसार उन्नत जातको मकैको खेतीबाट उत्पादन र आम्दानी राम्रो हुन थालेपछि मोरङको बुधनगर, मझारे र भाथिगछ गाविसका सयाँै कृषक मिसन मकैखेतीतर्फ आकर्षित भइरहेका छन् ।

मकैखेतीका लागि सरकारले पुरस्कारबापतको अनुदान दिएर राम्रो उत्पादन गर्न प्रोत्साहित गरेको बुधनगरका अग्रज कृषक मायानन्द यादवले बताउनुभयो । बुधनगर गाविसमा मात्र करिब दुई सय बिगाहामा उन्नत जातको मकैखेती हुन थालेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...