Tuesday, February 2, 2016

राष्ट्रलाई अहित हुने गरी सम्झौता हुँदैन: उपप्रम मैनाली

Cp-mainaliइलाम, १९ माघ । उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले राष्ट्रलाई अहित हुने गरी कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

पाँचथरको फिदिममा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने क्रममा आज बिहान यहाँ रासससँग कुराकानी गर्दै उहाँले अर्काे मुलुकको इच्छाबमोजिम वर्तमान सरकारले सम्झौता नगरेकाले नाकाबन्दी नहटेको विचार राख्नुभयो ।

“वर्तमान सरकार देशलाई अहित हुने कुनै पनि किसिमको सम्झौता गरेर झुक्दैन, बरू नेपाली जनता नाकाबन्दीको डटेर सामाना गर्न तयार छन्”– उहाँले भन्नुभभयो । उहाँले नाकाबन्दीविरूद्ध भारतीय जनता र उच्च तहमा समेत यसको विरोध हुन थालेपछि नाकाबन्दी लामो समय नटिक्ने जिकिर गर्नुभयो ।

सीमाङ्कन र नामाङ्कनका विषयमा उठेका समस्या समाधान गर्न राजनीतिक दलबीच छलफल जारी रहेकाले सबैको सहमतिमा राष्ट्रलाई हित हुने खालको निर्णय आउने उहाँको भनाइ थियो ।

यसैबीच महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले इन्धन अभावका विषयमा प्रजिअ विष्णुकुमार कार्कीसँग समेत छलफल गर्नुभयो । प्रजिअ कार्कीले जिल्लामा निर्माणाधीन विद्युत् आयोजना र यातायातका साधनलाई इन्धन आपूर्ति भइरहेको जानकारी गराउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...