Tuesday, February 2, 2016

गंगाजल चाहिदैन चोखो मुख धुन !!

thumb

बैंश उर्ली बाढी आयो पानी धमिलो
गाजलु ति नयनका नानि धमिलो

भबरा के दोषी छ र फूलरस टिप्न
मन किन दुख्यो जानी जानी धमिलो

सुनचादी हिरामोती चाहना हो सबको
कोइलासंग केको रिस खानि धमिलो

आफ्नो दाग देखाउछ पुर्णिमा को चन्द्र
रिस उठ्दा हास्ने तिम्रो बानि धमिलो

गंगाजल चाहिदैन चोखो मुख धुन
साँचो बोल्ने ”विहंगम” ज्ञानी धमिलो

रामचन्द्र शर्मा
भर्जिनिया

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...