Friday, February 5, 2016

विगत विधानसभामा पराजित गान्धी परिवारले संसद गतिविधि हुन दिएनन्: प्रम मोदी

modiआसाम (भारत), २३ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतको उत्तरपूर्वी राज्य आसाममा चिया मजदुरलाई सम्बोधन गर्दै भारतीय जनता पार्टी (भाजपा) गरिब जनताको उत्थानका लागि नयाँ नीति ल्याएको बताउनुभएको छ ।

गरिबका पक्षमा भएको विधेयक संसदबाट स्वीकृत गराउनका लागि पेस भएको तर उहाँले भारतीय राष्ट्रिय काँग्रेस (काँग्रेस आई) की अध्यक्ष सोनिया गान्धी तथा उहाँका छोरा राहुल गान्धीलाई सङ्केत गर्दै सन् २०१४ को भारतीय विधानसभामा भएको पराजयको बदला लिन एक परिवारले संसद गतिविधि सञ्चालनमा व्यवधान खडागरी उक्त विधेयकलाई संसदबाट पास गर्न नदिएको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले गान्धी परिवारलाई सङ्केत गर्दैै भन्नुभयो एउटा परिवारले भारतमा नकारात्मक राजनीतिलाई प्रश्रय दिएको दाबी गर्नुभयो ।

काँग्रेस आई बाहेकका प्रतिपक्षी नेता संसद गतिविधि सञ्चालनमा अवरोध गर्न नहुने कुरामा अडिग भएको समेत उहाँले दाबी गर्नुभयो ।

जसले सन् २०१४ को विधानसभा निर्वाचनमा ४०० सिटबाट ४० सिटमा झ¥यो, उसैले वर्तमान सरकारलाई काम गर्न नदिएको प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो ।

देशलाई नकारात्मक चिन्तन र व्यवधानको राजनीतिबाट फाइदा नहुने दाबी गर्दै संसद अवरोध गर्ने कार्यक्रमले राष्ट्रलाई कानुन निर्माण र विकासमा समस्या खडा गरेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...