Tuesday, February 23, 2016

नेपाल विश्व सहयोग संघका अन्तरास्ट्रिय सल्हाकार युएइ मा सम्मानित

 

biswo sahayog

 

 

विश्वभर छरिएर रहेका स्वाभिमानी नेपालीहरु एक होऔं भन्ने मुलमत्रका साथ युएईमा स्थापित  भएको नेपाल विश्व सहयोग संघ युएई छोटो समयमा नै आफ्नो संजाल विश्वभर फैलाउन सफल भएको छ । नेपाल भित्रै र नेपाल बाहिर छरिएर रहेका सम्पूर्ण नेपालीहरु एक हुनु पर्छ, तब मात्र हामि त्यो विन्दुमा पुग्न सक्छौं भन्ने मान्यता रहेको यस संघको हिजो एक कार्यक्रमका बीच संघका  अन्तरास्ट्रिय सल्लाहकारलाई युएईमा सम्मानित गरिएको छ ।

कार्यक्रम मध्य पूर्व तथा अफ्रिकी  र  युएइ च्याप्टरका  सयोजक गोविन्द ढकालको  सभापतित्वमा भएको थियो भने  प्रमुख अथितिमा  नेपाली समाज युएईका अध्यक्ष सी पी सापकोटा रहेका थिए, त्यस्तै विशेष अथितिमा  मणि पनेरु, उत्तम कार्की, महा प्रसाद धिताल रहेका थिए, अथितिहरुमा  युएईमा क्रियाशील विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम शिव पोख्रेलले संचालन गरेका थिए, विश्वभर छरिएर रहेका नेपाली एक हौ भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रम  नेपाल विश्व सहयोग संघ मध्य पूर्व तथा अफ्रिकी र यु ए इ च्याप्टरले संघका अन्तरास्ट्रिय सल्हाकार उत्तम कार्की नेपाल जाने सिलसिलामा युएइमा आउनु भएको मौकामा उहालाई बिशेष सम्मानका साथ “राष्ट्रिय गौरब सेवा सम्मान २०१६” द्वारा सम्मान गरेको छ।

biswo sahayog1

 

पश्चिम अमेरिकामा रही विभिन्न नेपाली सामाजिक संघ सस्था मार्फत सामाजिक कार्यमा अग्रणी स्थानमा रहेका र गत वर्ष अमिरिकी रास्ट्रपति बाट प्रेसिडेन्ट भोलुन्टर सर्भिश अवार्ड स्वर्ण पदक द्वारा सम्मानित कार्की नेपाल विश्व सहयोग संघका अन्तरास्ट्रिय सल्हाकार हुनुहुन्छ । नेपाल विश्व सहयोग संघ मध्य पूर्व तथा अफ्रिकी च्याप्टरका निबर्तमान संयोजक महा प्रसाद धितालले उपस्थित सबैलाई स्वागत गरेका थिए भने नेपाली जनसम्पर्क समिति युएइका सभापति चित्र के सी ले आफ्नो राजनीति विचारधारा लाई अलगै राखी सामाजिक कार्यमा नेपाल विश्व सहयोग संघ संग सहकार्य गर्दै आगाडी बढ्ने कुरा प्रस्ट  पार्दै संघको खुलेर प्रशंसा गरे।

नेपाली समाज युएइका महासचिब मणि भुर्तेलले नेपाली समाज यु ए इ र नेपाल विश्व सहयोग संघ यु ए इ को सहकार्य सधै भरि अटुट रहने प्रस्ट पारेका थिए। सुदुर पश्चिम सेवा समाज यु ए इ का अध्यक्ष  शिव राज जैसीले सहकार्य गर्दै  अगाडी बढ्ने र लामो समय देखि म्रत्यु दण्ड सुनाइएकोअमर बमको जिबन रक्षा गर्न को लागि अपिल गरेका थिए।

biswo sahayog2

 

कार्यक्रम मा बोल्दै बिशेष अथिति तथा नेपाल विश्व सहयोग संघका अध्यक्ष मणि पनेरुले सस्था स्थापनाको उदेश्य र भाबी कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए भने अर्का अथिति तथा नेपाल बिस्वो सहयोग संघका अन्तरास्ट्रिय सल्हाकार उत्तम कार्कीले  नेपाल बिस्व सहयोग संघ मध्ये पूर्व तथा अफ्रिकी र यु ए इ च्याप्टरले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद प्रकट गरेका थिए।

कार्यक्रममा प्रमुख अथिति सी पी सापकोटाले यु ए इ मा रहेका नेपालीहरु को समस्या समाधान गर्न को लागि यु इ मा रहेका सम्पूर्ण संघ सस्थाहरु एक जुट हुनु पर्नेमा जोड दिदै  सबै संघ सस्थालाई हातेमालो गर्दै सामाजिक कार्यमा अघि बढ्न आग्रह गरेका थिए।

अन्तमा कार्यक्रमका सभापति गोविन्द ढकालले उपस्थिति सबैमा हार्दिक धन्यबाद प्रकट गर्दै संघले आहिले सम्म गरेका कार्यक्रमको बारेमा प्रकाश पार्दै युएइ मा रहेका सम्पूर्ण संघ सस्थाहरु संग हातेमालो गर्दै  सहकार्य र सहयोग सहित आगाडी बढ्ने प्रतिबद्धता प्रकट गरेका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...