Saturday, February 20, 2016

संविधान कार्यान्वयनले नै कोइरालाप्रति श्रद्धाञ्जलिः सिटौला

krishna-sitaulaविराटनगर, ८ फागुन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दलबीच राष्ट्रिय एकता कायमगरी संविधान कार्यान्वयनमा ल्याउनसकेमात्र सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्नुहँुदै महामन्त्री सिटौलाले संविधान कार्यान्वयन चुनौती रहेकाले संविधान कार्यान्वयनका लागि दललाई समेटेर काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुख्यदलबीचको एकताकै कारण संविधान निर्माण भएकाले संविधान कार्यान्वयनका लागि त्यो एकता अपरिहार्य रहेको बताउनुभयो ।

महामन्त्री सिटौलाले काँग्रेसकै नेतृत्वमा नयाँ संविधान आएकाले महाधिवेशनपछि संविधान कार्यान्वयनमा पार्टी सशक्त भएर लाग्ने बताउनुभयो । नयाँ संविधानले सबै जातजातिका भावनालाई समेटेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा सांसद अमृत अर्याल तथा अर्का सांसद एवम् नेपाली काँग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले संविधान निर्माणमा स्वर्गीय सुशील कोइरालाले खेल्नुभएको महत्वपूर्ण भूमिकाको चर्चा गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...