पथरी फागुन १५
मोरङको कोशीहरैचामा जारी चौथो पिएओ कोशीहरैचा केवीआरयू कन्दङ्वा मेमोरियल गोल्डकप फुटवल प्रतियोगितामा के.एफ.सि.दाजिलीङलाई शुन्यका बिरुद १ गोल गदै पथरी स्पोटीङ कल्ब मोरङ सेमीफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो हाफको १९ औ मिनेटमा पथरी स्पोटीङ कल्बका बिक्रम लिम्बुले निर्णनायक गोल गरे । निकै प्रति आक्रमक खेलमा के.एफ.सि.दाजिलीङका तिमोरका २ वटै प्रहार गोलपोष्टभन्दा केही माथी गएको थियो ।
कोशीहरैचाको इन्द्रपुर रंगशालामा भएको प्रतियोगितामा खेलको सुरु देखि नै दवै टिमले गोल गर्ने राम्रा अवसर निकाले पनि गोल गर्न चुकेका थिए । उत्त खेलको मेन अफ द म्याच पथरी स्पोटीङका रुपेश के.सि. घोषित भए। आइतबारको खेल चर्ज ब्वाईज काठमाडौका बिरुद ए.पि.एफ काठमाडौ बिच हुनेछ ।
No comments:
Post a Comment