Saturday, February 27, 2016

यस वर्ष सिरहामा आँप बढी फल्ने

Mango-Treeगोलबजार (सिरहा), १६ फागुन । आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्यधिक लागेको देखेर खुसीले गद्गद् भएका छन् ।

आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष मनग्यै आँप फल्ने सङ्केत देखिएपछि कृषक खुसीले गद्गद् भएका हुन् । गत वर्ष ८० प्रतिशत आँप उत्पादनमा ह्रास आए पनि यस वर्ष अत्यधिक उत्पादन हुने किसानले विश्वास व्यक्त गरेका छन् ।

“आँपको रुखमा पात कतै पनि देखिँदैन” गुरुधामका माधव थपलियाले भन्नुभयो, “आँपको बोट मन्जरीले ढाँकेको छ । त्यसैले यस वर्ष आँपको उत्पादन निकै बढ्ने सम्भावना छ ।” मन्जरीमा किरा लाग्न नदिन चिकित्सकको सल्लाहअनुसार औषधि छर्किने उहाँले बताउनु भयो ।

मन्जरी सप्रियो भने एक अर्बभन्दा बढीको आँप उत्पादन हुने संभावना रहेको जिल्ला कृषि विकास कार्यालय सिरहाको अनुमान छ । जिल्लामा चार हजार ७०० हेक्टर जग्गा आँपखेतीको क्षेत्रफल रहेको कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष सिरहामा साढे सात मेट्रिक टन प्रतिहेक्टरको हिसाबले आँप उत्पादन भएको थियो भने यो वर्ष १७ मेट्रिक टन प्रतिहेक्टर जग्गामा आँप फल्ने कृषि प्रसार अधिकृत महतोको अनुमान छ ।
अन्य वर्ष पानी र हावाहुरीका कारण आँपको मन्जरी झ¥यो र उत्पादनमा ह्रास आउँथ्यो । तर यो वर्ष अहिलेसम्म कुनै समस्या देखिएको छैन् । अहिलेसम्म मन्जरीमा मधुवा किराको प्रकोप पनि नदेखिएकाले उत्पादन बढ्ने बताइएको छ ।

यहाँ फल्ने आँप सबभन्दा बढी राजधानी काठमाडाँै र भारतको विहार जाने गर्छ भने विराटनगर, पोखरा, वीरगन्ज, बुटवललगायत देशको अन्य सहरमा पुग्ने गरेको छ ।
नयाँ जातका आँपमध्ये सिरहाको माटोमा उत्पादन हुने दसहरी, सपेता र मालदह आँपको राम्रो स्वाद भएको, धेरै उत्पादन दिने र पाकेको फल धेरै समयसम्म नकुहिने गुण भएकाले यी जातका आँप देश र विदेशमा निर्यात हुने गरेको किसान बताउँछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...