खोटाङ, १९ माघ । छिमेकी गाउँमा विवाह भोजमा गएर घर फर्कँदै गरेका खोटाङका एक वृद्ध आज मृत फेला परेका छन् ।
छिमेकी गाउँ लहरेटोलमा सोमबार साँझ विवाहभोज खाएर घर फर्किएका बोपुङ–२ का ६४ वर्षीय जयबहादुर राई आज बिहानसम्म पनि घर नआएपछि खोज्दै जाँदा सोही गाउँको लहरेभीरमुनि मृत फेला पारिएको स्थानीय राजकुमार बस्नेतले जानकारी दिनुभयो ।
सो ठाउँमा साँघुरो बाटो रहेको र वृद्धले मादक पदार्थ सेवन गरेर हिँडेकाले भीरमुनि झरेको हुनसक्ने स्थानीयको अनुमान छ ।
No comments:
Post a Comment