Friday, February 5, 2016

सर्वसाधारणले वीरगन्ज नाकाको अवरोध खोले

पर्सा, २१ माघ । वीरगन्जको मितेरीपुलमा मधेसवादी दलले गर्दै आएको नाका अवरोध सर्वसाधारणले आज खोलेका छन् ।

मितेरी पुलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ता नभएको बेला सर्वसाधारणले पुलमा रहेका आन्दोलनकारीका टेन्टलाई हटाई अवरुद्ध नाका सञ्चालन गरेका हुन् । नेपालका अन्य सबै नाका खुल्ला रहेको अवस्थामा वीरगन्ज नाकालाई मात्र बन्द गरी यस भेगका जनतालाई दुःख दिन नहुने भन्दै सर्वसाधारणले मितेरीपुलमा रहेका आन्दोलनकारीका टेन्ट, ढाट सबै हटाएर नाकालाई सञ्चालन गराएका छन् ।

संविधान संशोधन र सीमाङ्कनको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगत १३५ दिनदेखि वीरगन्जको मितेरीपुलमा धर्ना बसी नाका अवरुद्ध गर्दै आएका थिए । नाका सञ्चालन भएपछि लामो समयदेखि रक्सौलमा थन्किएका नेपाली वाहन वीरगन्जतर्फ आएका छन् भने वीरगन्जमा थन्किएका भारतीय वाहन पनि रक्सौलतर्फ गएको सीमा प्रहरी चौकी इनर्वाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...